कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

‘गाउँ विकासमा स्थानीय सरकार गम्भीर हुनुपर्छ’

धनकुटा — धनकुटाको ऐतिहासिक तथा धार्मिक पर्यटकीयस्थल सहिदभूमि गाउापालिकाले विकासका दृष्टिले पछि छ । सडक, यातायात, स्वास्थ्य, सञ्चारलगायत विकासका आधारभूत पक्ष नै पूर्ण छैनन् । खोकु छिन्ताङ आाखिसल्ला कृषि, पर्यटन तथा ऐतिहासिक दृष्टिले अग्रणी स्थान भए पनि पूर्वाधार छैन ।

‘गाउँ विकासमा स्थानीय सरकार गम्भीर हुनुपर्छ’

खोकु छिन्ताङ आाखिसल्ला कृषि, पर्यटन तथा ऐतिहासिक दृष्टिले अग्रणी स्थान भए पनि पूर्वाधार छैन । यो गाउापालिकाले भरखरै दोस्रो गाउँ परिषद् सम्पन्न गरेको छ । परिषद्का सहभागीले आफ्नो गाउाबस्तीको विकासमा स्थानीय सरकारले ध्यान दिनुपर्ने सुझाव दिएका छन् । के भन्छन् त उनीहरु ?

पहिलो कुरा व्यवस्थित सडक बनाइनु पर्छ । वर्षा लागेपछि हामीलाई यातायात साधन नियमित सञ्चालन नहुँदा असाध्यै पिरोल्ने गर्छ । सडकमा सामान्य ग्राभेलसमेत छैन । बिरामी हुँदा गाउँघरमै उपचार गराउन कठिनाइ छ । त्यसमा पनि एम्बुलेन्ससमेत सञ्चालन हुन कठिन हुँदा हामीलाई सास्ती हुने गरेको छ । गाउँलेको प्रयासमा सीमित रहेको खानेपानीलाई गाउँपालिकाले गाउँबस्तीसम्म व्यवस्थित रूपमा पुर्‍याउन जरुरी छ ।
***


सडक बाह्रै मास गाडी चल्ने हुनुपर्छ । किसानले उब्जाएको फलफूल र तरकारी बजारसम्म सजिलै पुर्‍याउन पाए आर्थिक उपार्जन सहज हुने थियो । कृषकलाई आवश्यक मल, बिउ तथा सिँचाइ सुविधातर्फ गाउँपालिकाले ध्यान दिनुपर्छ । कृषि प्राविधिकको अभाव रहेकाले मौसम अनुसारको बालीनाली लगाउन सहज भएको छैन । सरकारले अनुदानमा मल बिउ उपलब्ध गराउन सके राम्रो हुने छ । दलित उत्पीडित समुदायप्रति दृष्टि पुग्न आवश्यक छ ।
***


हामीले उत्पादन गरेको कृषिजन्य वस्तु सहजरुपमा बजारसम्म पुर्‍याउन सकिने व्यवस्था गरिनु पर्छ । कृषिमा युवा वर्गको आकर्षणका लागि योजना ल्याइनुपर्छ । युवालाई स्थानीय स्तरमै उपयोग नगरे विदेशिने क्रम अझै धेरै बढेर जाने हुन्छ । उनीहरूलाई विकासका काममा लगाउन पनि सक्नुपर्छ । सिंचाई र मलखादको लागि गाउँघरमा नै सहज व्यवस्थापन गरिए कृषि क्षेत्रको विकासमा अझ टेवा पुग्ने छ । यसका लागि स्थानीय सरकारले योजना बनाउन जरुरी देखेको छु ।
***

हिले–छिन्ताङ सडक भरपर्दो हुनुपर्छ । कृषिउपजलाई बजारीकरण गर्न र आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन स्तरीय सडक सञ्जाल आवश्यक छ । खेल मैदान र युवा लक्षित योजनाका लागि स्थानीय सरकारको ध्यान जान जरुरी देखिन्छ । कृषि तथा फलफूल उत्पादनको केन्द्र रहेकोले शीत भण्डार निर्माण गर्न सकिए उत्पादनले सहज मूल्य पाउन सक्नेछ । आर्थिक समृद्धिको कुरा अब भाषणमा भन्दा व्यवहारबाट देखाउन जनप्रतिनिधिले ध्यान दिने बेला आएको जस्तो लाग्छ ।
***

स्थानीय, प्रदेश र संघीय सरकारले यहाँको विकासका लागि योजना ल्याउनु पर्छ । बेंसीदेखि लेकसम्मका भुभाग रहेकोले सबै स्थान जोड्ने सडकको पहुँच हुन जरुरी छ । घण्टौं टाढा धाएर खानेपानी बोक्ने परिस्थिति अझै बेहोर्न बाध्य छौं । यसबाट उन्मुक्ति हुन खानेपानी योजना ल्याउनु पर्छ । कृषिबालीलाई आधुनिकीकरण गर्न प्राविधिक तथा तालिमको खाँचो रहेकोले त्यसतर्फ स्थानीय सरकारले चासो दिनुपर्छ ।
***

ऐतिहासिक स्थल भएकाले यसको विकासमा गम्भीर ध्यान दिनुपर्छ । पर्यटकीय सम्भावना भएका झरना, गुफाको प्रचारप्रसार जोडतोडले गर्ने बेला आएको छ । वर्षौदेखि उपेक्षामा परेका वर्ग समुदायप्रति चासो दिएर अब आर्थिक उपार्जनका योजना ल्याउन जरुरी भएको छ । सुन्तलाको पकेट क्षेत्र रहेकोले यसको प्रवद्र्धनमा जोड दिई फलफूल प्रशोधन र बजारका लागि ध्यान दिन सकिए सम्लग्न कृषकलाई अझ हौसला मिल्नेछ । सहिद पार्कको संरक्षण र अझ व्यवस्थापन गर्न पनि आवश्यक छ ।
***


खानेपानी समस्याबाट मुक्त गर्न दीर्घकालीन योजना ल्याउनुपर्छ । महिला वर्गका लागि सीपमुलक र आयमुलक व्यवसायमा खासगरी स्थानीय सरकारले जोड दिनुपर्छ । शिक्षा तथा
चेतनास्तर उकास्ने प्रकारका योजना साथै इलाइब्रेरीजस्ता पूर्वाधार तयार पारिनुपर्छ । यसले गर्दा विद्यार्थी र युवालाई फाइदा पुग्छ । राजनैतिक परिवर्तनपछि हामीले खोजेको परिवर्तनको ठोस महसुस गराउने योजनाको खोजीमा छौं ।
***


दुई दशकअघि बनेको सडक स्तरीय हुनुको साटो दिनदिनै खस्कँदै गएको छ । अब त सामान्य ग्राभेल मात्र होइन कालोपत्र नै गरिनुपर्छ । पहिलो आधार सडक नै अव्यवस्थित हुँदा विकासका अरू काम पनि प्रभावित हुन्छन् । पर्यटक आकर्षणका लागि भएका संरचनाको विकास र थप योजना ल्याउन जरुरी छ । लिफ्टिङ प्रणालीबाट खानेपानी योजना दीर्घकालीन हुन सक्छ । कृषिमा यान्त्रिकीकरणका लागि स्थानीय सरकारले जोड दिनुपर्छ ।

प्रस्तुति : रमेशचन्द्र अधिकारी

प्रकाशित : वैशाख २५, २०७५ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?