कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तामाङ भाषा र लिपि सिकाइयो

सुनसरी — नेपाल तामाङ घेदुङ धरान उपमहानगर समितिको आयोजनामा मंगलबार दुईदिने तामाङ भाषा र लिपिको प्रशिक्षण सम्पन्न भएको छ । धरान उपमहानगरपालिकाको आर्थिक सहयोगमा घेदुङले प्रशिक्षण कार्यक्रम गरेको हो ।

तामाङ भाषा र लिपि सिकाइयो

उक्त अवसरमा घेदुङका राष्ट्रिय सल्लाहकार एवम् पूर्व केन्द्रीय उपाध्यक्ष सुजेन्द्र गोलेले मौलिक मातृभाषा र लिपि जातिको पहिचान र अस्तित्व भएको र भाषासंगै विविध मौलिक संस्कृति, परम्परा र रितिरिवाज पनि जोडिएर आउने भएकाले प्रशिक्षण जुरुरी भएको बताए ।

उनले दिनानुदिन लोपोन्मुख बन्दै गएको तामाङ भाषा र लिपिको संरक्षण गर्न यस्ता प्रशिक्षण कार्यक्रम नियमति गर्नुपर्ने बताए । उनले घेदुङ प्रमुख उद्देश्यहरू मध्ये भाषा र लिपिको विकास पनि एक भएकाले प्रशिक्षण कार्यक्रमलाई अभियानको रुपमा निरन्तरता दिन र विद्यालयहरूमा समेत पठनपाठनको व्यवस्था मिलाउनका लागि पहल गर्नुपर्नेमा जोड दिए । भाषा लिपि प्रशिक्षणमा धरानका ४० महिला तथा पुरुषहरूको सहभागिता रहेको थियो ।

प्रशिक्षण समापनमा घेदुङका केन्द्रीय सदस्य मैतबहादुर गोले, जिल्ला अध्यक्ष सुरज लामा, महिला घेदुङ सुनसरीका अध्यक्ष विष्णु मोक्तान, पूर्व नगर अध्यक्ष जयबहादुर मोक्तान, गुम्बा अध्यक्ष हर्क गोले, संरक्षक सदस्य नन्दलाल पाख्रिन, महिला घेदुङका नगर अध्यक्ष नन्दु पाख्रिन लगायतले बोलेका थिए । प्रशिक्षार्थीहरूलाई घेदुङ सुनसरीका सचिव मंगलसिंह मोक्तानले प्रशिक्षण दिएका थिए ।

प्रकाशित : वैशाख २६, २०७५ ०९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?