१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

भत्किएको ३१ महिनापछि बल्ल बन्यो पुल

सुनसरी — भत्किएको ३१ महिनापछि धरान– ८ र १९ जोड्ने धनकुटे रोडको खहरेको पुल बुधबारदेखि सञ्चालनमा आएको छ । पुल सञ्चालनमा आएपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि आउने बिरामी तथा स्थानीयलाई सहज भएको छ ।

भत्किएको ३१ महिनापछि बल्ल बन्यो पुल

२०७२ साल असोज ८ गते पुल भत्किएको थियो । पुल भत्किएपछि लामो समयसम्म नबन्दा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एम्बुलेन्स लगायतका सवारी साधन प्रवेशमा समस्या भएको थियो ।

सडक डिभिजन कार्यालय विराटनगरले २०७३ जेठमा १८ महिनाभित्र निर्माण कार्य सक्ने गरी धरानकै श्याम कन्स्ट्रक्सन निर्माण सेवालाई १ करोड ३ लाख रुपैयाँमा ठेक्का दिएको थियो । तर, निर्माणको जिम्मा पाएको श्याम कन्स्ट्रक्सनका सञ्चालक सचित क्षेत्रीले २० प्रतिशत पनि पुरा नगरी ७७ लाख रुपैयाँ लिएर फरार भएपछि पुल निर्माण अलपत्र भएको थियो ।


तत्काल पुल निर्माण कार्य सुरु गर्न प्रमुख सुब्बाले सडक डिभिजन कार्यालय विराटनगरको ध्यानाकर्षण गरेको थियो ।

सडक विभागले पनि अटेर गरेपछि स्थानिय निर्माण व्यवसायी गोपाल श्रेष्ठ र गणेश गुरुङलाई नगरप्रमुख सुब्बाले पुल निर्माणको जिम्मा दिएका थिए ।

प्रकाशित : वैशाख २६, २०७५ १५:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?