उद्योग वाणिज्य संघ धनकुटाका वरिष्ठ उपाध्यक्ष घिमिरेको निधन

रमेशचन्द्र अधिकारी

धनकुटा — उद्योग वाणिज्य संघ धनकुटाका वरिष्ठ उपाध्यक्ष ठेगनाथ घिमिरेको शुक्रबार बिहान निधन भएको छ । निमोनियाको कारण फोक्सोमा जटिल समस्या भएपछि ११ दिनदेखि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आईसीयु कक्षमा उपचार भइरहेको थियो ।

उद्योग वाणिज्य संघ धनकुटाका वरिष्ठ उपाध्यक्ष घिमिरेको निधन

७१ वर्षीय घिमिरेको बिहान करिब ५ बजे निधन भएको पारिवारीक स्रोतले जनाएको छ ।


सामाजिक क्षेत्रमा योगदान पुऱ्याउँदै आएका घिमिरे सालिन स्वभावका थिए । हिले बजारमा स्थायी घर भएका उनी लामो समयदेखि उद्योग व्यवसायमा समेत संलग्न थिए । उनकी श्रीमती तथा दुई छोरा र पॉच छोरी छन् ।


घिमिरेको शुक्रबार अपराह्न मुलघाटस्थित तमोर नदीमा अन्त्येष्टि गरिएको छ । अन्तिम श्रद्धाञ्जलीका लागि उनका आफन्त, व्यवसायी र दर्जनौं सर्वसाधारणको उपस्थिति थियो ।


प्रकाशित : वैशाख २८, २०७५ १६:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?