युवकको हत्या, तीन जना पक्राउ

रमेशचन्द्र अधिकारी

धनकुटा — धनकुटा नगरपालिका–६ स्थित ल्याण्डफिल साइड नजिक शनिबार राति हत्या गरी फालिएको अवस्थामा एक युवकको शव फेला परेको छ ।

युवकको हत्या, तीन जना पक्राउ

मृतक धनकुटा–६ का २८ वर्षीय राजेश श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । युवकलाई हत्या गरेर सल्लेरी वन रहेको स्थानमा ट्याक्टरमा लगेर फालिएको प्रहरीले जनाएको छ ।


घटनामा संलग्न भएको आशंकामा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा मृतकका भाई इश्वर श्रेष्ठ, निमबहादुर मगर र ट्याक्टर चालक अनिश श्रेष्ठ रहेको प्रहरी निरीक्षक अञ्जन कोइरालाले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको कोइरालाले जनाए ।

प्रकाशित : वैशाख ३०, २०७५ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?