करेन्ट लागेर २ जनाको मृत्यु, १ घाइते

विराटनगर — मोरङ र सुनसरीमा करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ । सुनसरीको रामधुनी नगरपालिका २ कालीझोडामा करेन्ट लागेर ३२ वर्षीय जयराम चौधरीको बुधबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

करेन्ट लागेर २ जनाको मृत्यु, १ घाइते

विद्युतीय मोटर चलाएर कुखुराको खोर सफा गर्ने उनलाई करेन्ट लागेको थियो । गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा मृत्यु भएको थियो ।


यस्तै मोरङको रंगेली नगरपालिका १ का ४० वर्षीय नहेनश्वरी राजबंशीको सिटी सफारीको ब्याट्री चार्ज गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ । उनीसँगै रहेका स्थानीय ३५ वर्षीय कुश्मी राजबंशी घाइते भएकी छन् । उनको विराटनगरस्थित एक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : जेष्ठ ३, २०७५ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?