कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

टिपर दुर्घटनामा सहचालकको मृत्यु 

डिल्लीराम खतिवडा

उदयपुर — सिद्धिचरण लोकर्माग अन्तर्गत उदयपुरको कटारी नगरपालिका – ११ ठाटीमा बिहीबार मध्यान्न टिपर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । 

टिपर दुर्घटनामा सहचालकको मृत्यु 

कटारी बाजारबाट सोलु हाईड्रोको सिमेन्ट बोकेर सोलुखुम्बुु जाँदै गरेको ना ७ ख ६७०६ नम्बरको टिपर दुर्घटना हुँदा सहचालक १८ वर्षीय इन्द्रबहादुर सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।


दुर्घटनामा परि चालक ३५ वर्षीय शेरबहादुर खत्री गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सुचना अधिकृत प्रहरी निरीक्षक मनप्रसाद श्रेष्ठले जानकारी दिए ।

प्रकाशित : जेष्ठ ३, २०७५ १५:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?