कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

वडाध्यक्षको घरमा बम विष्फोट, २ जना घाइते

अर्जुन राजवंशी

दमक — झापाको दमक नगरपालिका–७ का वडाध्यक्ष भीम पौड्यालको घरमा बम विष्फोट भएको छ । अज्ञात समूहले आइतबार राति पौड्यालको घरमा बम विष्फोट गराएको हो । 

वडाध्यक्षको घरमा बम विष्फोट, २ जना घाइते

राति पौने ९ बजे भएको विष्फोटमा परी दुई जना घाइते भएका छन् ।


इलाका प्रहरी कार्यालय दमकका अनुसार बमको छर्रा लागेर तिलोचन पोखरेल र सेमु राई घाइते भएका छन । हात, खुट्टामा चोट लागेका उनीहरुको स्थानीय लाइफ लाइन अस्पतालमा उपचार भइरहेको छ ।


विष्फोटबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : जेष्ठ ७, २०७५ ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?