दुर्घटनामा ३ जनाको मृत्यु, ३ घाइते

विराटनगर — झापाको कमल गाउँपालिका–५ मा रोकिराखेको ट्रयाक्टरमा मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।

दुर्घटनामा ३ जनाको मृत्यु, ३ घाइते

मे १ त ४५२८ नम्बर ट्रयाक्टरमा ठोक्किएर को ३३ प १९५१ नम्बर मोटसाइकलमा सवार दुईजनाको सोमबार राति मृत्यु भएको प्रदेश १ प्रहरी कार्यालयले जनाएको छ ।

मृत्यु हुनमा मोरङ उर्लाबारीका ३१ वर्षीय राजु लिम्बू र पछाडि बसेका पथरी शनिश्चरे–८ की २५ वर्षीया बिमला लिम्बू रहेको प्रहरीले जनाएको छ ।

यसैगरी, मोरङको मिक्लाजुङ गाउँपालिका–८ तोरीबारीमा मे १ ह ८६८१ नम्बर टेम्पो अनियन्त्रित भइ दुर्घटना हुँदा साेमबार राति एकजनाको मृत्यु भएको छ । तीनजना घाइते भएका छन् ।

दुर्घटनामा इलामको साकफारा घर भएका ७० वर्षीय हर्कबहादुर बोहोराको मृत्यु भएको प्रहरीले जनाएको छ ।

टेम्पोमा रहेका यात्रीहरु पूर्णिमा तामाङ, सुभद्रा कार्की र कमला बोहरा घाइते भएका छन् । उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । टेम्पो चालक लक्ष्मी तामाङलाई प्रहरीले निन्त्रणमा लिएको छ ।

प्रकाशित : जेष्ठ ८, २०७५ ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?