१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

नेपाली डिजाइन अस्ट्रेलियामा उत्कृष्ट

ओखलढुंगा — सोलुखुम्बुको विभिन्न पाँच स्थानमा निर्माण गरिएको विद्यालय भवनको डिजाइनले अस्ट्रेलियामा अवार्ड जितेको छ ।

नेपाली डिजाइन अस्ट्रेलियामा उत्कृष्ट

अस्ट्रेलियन हिमालयन फाउन्डेसन र इन्जिनियरहरूले अस्ट्रेलियामा उत्कृष्ट डिजाइनको अवार्ड प्राप्त गरेका हुन् ।

गत बिहीबार अस्ट्रेलियाको सिडनीस्थित ओपेरा हाउसमा आयोजित एक कार्यक्रममा उत्कृष्ट डिजाइन अवार्ड अस्ट्रेलियन हिमालयन फाउन्डेसनलाई प्रदान गरियो । ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रीड नेपाल) ले २०७२ सालको भूकम्पले क्षति पुर्‍याएका पाँच विद्यालय भवन अस्ट्रेलियन हिमालयन फाउन्डेसनको सहयोगमा निर्माण गरेको थियो ।

गोल्ड विनर इन्जिनियरिङ, गोल्ड आर्किटेक्चरल र विनर सोसल इम्प्याक्ट गरी तीन अवार्ड प्रदान गरिएकोमा इन्जिनियर टेलर थोम्सन विटिङ , आर्किटेक्ट केन म्याकब्राइट, डेभिड फ्रान्सिस र डेभेनपोर्ट क्याम्पबेलले अवार्ड प्राप्त जिते । उनीहरूलाई नेपालमा २०७२ सालमा गएको भूकम्पपछि भूकम्प प्रतिरोधात्मक कक्षा कोठा निर्माणका लागि अस्ट्रेलियन हिमालयन फाउन्डेसनले नियुक्त गरेको थियो ।

निर्माण भएका विद्यालय मध्य गार्मा माध्यमिक विद्यालयमा निर्माण गरिएको भवन फरक क्षमता भएका बालबालिकालाई लक्षित गरी निर्माण गरिएको थियो । अस्ट्रेलियन इन्जिनियरले राम्रो र सुरक्षित भवन हुँदा बालबालिकालाई मानसिक तनाब र डरबाट उन्मुक्ति हुने बताए । अवार्ड वितरण समारोहमा इन्जिनियर डेभिड फ्रन्सिसले विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा स्थानीय अभिभावकसँग भवन निर्माणका क्रममा गरेको कार्य प्रेरणामूलक भएको बताएका थिए । गार्मा माध्यमिक विद्यालय गार्मा, वासा खाली मावि वासा, सिंहकाली आधारभूत विद्यालय तिङला, कालिका आधारभूत विद्यालय नेचा र जनजागृति आधारभूत विद्यालय सल्लेरी अस्ट्रेलियन हिमालयन फाउन्डेसनको सहयोगमा बनेको थियो ।

प्रकाशित : जेष्ठ ८, २०७५ ०९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?