कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

१० महिनामा २५ अर्ब राजस्व

देवनारायण साह

मोरङ — विराटनगर भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०७४/०७५ को १० महिनामा भारतलगायत तेस्रो मुलुकबाट नेपाल भित्रिएका सामानबाट २५ अर्ब ३४ करोड ५३ लाख ८४ हजार राजस्व असुली गरेको छ ।

१० महिनामा २५ अर्ब राजस्व

चालु आर्थिक वर्षको साउनदेखि वैशाखसम्ममा हाइस्पिड डिजेल आयातबाट सबैभन्दा बढी १ अर्ब ७५ करोड ७५ लाख ३५ हजार राजस्व संकलन भएको विराटनगर भन्सार कार्यालयका प्रमुख मिमांश अधिकारीले बताए ।

९ अर्ब ५३ करोड २६ लाख ४६ हजार मूल्य बराबरको १ लाख ६३ हजार ४ सय ५६ किलो लिटर हाइस्पिड डिजेल आयात भएको छ । यस्तै, १ अर्ब २२ करोड ९१ लाख ४३ हजार मूल्य बराबरको १७ हजार १ सय १४ वटा मोरसाइकल आयात हुँदा १ अर्ब २६ करोड ८२ लाख १० हजार राजस्व असुली भएको उनले बताए । सीआर सिटबाट १ अर्ब ७ करोड ५२ लाख ८२ हजार, पोलिथिन दानाबाट १ अर्ब २ करोड ५० लाख ६८ हजार, पेट्रोलबाट १ अर्ब १ करोड ३६ लाख ९६ हजार राजस्व असुली भएको छ ।

भन्सार कार्यालयको चालु आर्थिक वर्षको बैशाखसम्म २५ अर्ब ३० करोड ८३ लाख ५२ हजार राजस्व असुली लक्ष्य थियो । भन्सार महसुलको १० अर्ब ८९ करोड ३८ लाख ९० हजार असुली लक्ष्य पाएकोमा १० अर्ब ५८ करोड ४४ लाख २० हजार असुली गरेको छ ।

मूल्य अभिवृद्धि करको १० अर्ब ७१ करोड २८ लाख ४० हजार असुली लक्ष्य पाएकोमा १३ अर्ब ६१ करोड ४९ लाख ९८ हजार र अन्त:शुल्कको ३ अर्ब ७० करोड १६ लाख २२ हजार असुली लक्ष्य पाएकोमा १ अर्ब १४ करोड ५९ लाख ६७ हजार असुली भएको भन्सार तथ्यांकले जनाएको छ । भन्सार महसुल र अन्त:शुल्क लक्ष्यभन्दा कम उठेको छ भने मूल्य अभिवृद्धि कर लक्ष्यभन्दा बढी असुली एभको हो । चालु आर्थिक वर्षमा विराटनगर भन्सारले कुल ३१ अर्ब २४ करोड ४८ लाख ८१ हजार भन्सार असुली लक्ष्य पाएको छ ।

गत वर्ष २४ अर्ब ३० करोड ४० लाख ३७ हजार राजस्व असुली लक्ष्य पाएको भन्सारले २४ अर्ब ८५ करोड २१ लाख ५८ हजार असुली गरेको थियो । यस वर्ष विराटनगर भन्सारबाट १ खर्ब १५ अर्ब २१ करोड ३० लाख २१ हजार मूल्य बराबरको विभिन्न सामान आयात भएको छ भने १९ अर्ब ९७ करोड ६९ लाख ४३ हजार मूल्य बराबरको सामान मात्रै भारतलगायत तेस्रो मुलुक निर्यात भएको भन्सार तथ्यांकले जनाएको छ ।

गत आर्थिक वर्षमा १ खर्ब १७ अर्ब २३ करोड २६ लाख ६९ हजार मूल्य बराबरको सामान आयात भएको थियो भने २१ अर्ब ५५ करोड ५८ लाख २३ हजार मूल्य बराबरको सामान यस भन्सार नाकाबाट निर्यात भएको थियो ।

प्रकाशित : जेष्ठ ८, २०७५ ०९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?