कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

कांग्रेसको क्षेत्रीय समिति विघटन

सुनसरी — स्थानीय, प्रदेश र केन्द्रीय प्रतिनिधिसभाको चुनावमा नराम्ररी पराजय भोगेको कांग्रेसले पुरानो साख फर्काउन सुनसरीको १ नम्बर क्षेत्रीय समिति बुधबार विघटन गरेको छ । 

कांग्रेसको क्षेत्रीय समिति विघटन

क्षेत्रीय सभापति सुरेशमान श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले पार्टी संगठनमा सक्रिय कार्यकर्ताहरुलाई अवसर दिदै नयाँ ढंगले पार्टी सञ्चालन गर्न विघटन गरेको जनाएको छ ।

पार्टीका कतिपय पदाधिकारीहरु निस्कृय भएको, सक्रियले पार्टी सञ्चालन गर्ने अवसर नपाएको र पार्टीको छवि बिग्रदै गएकाले सुधार गर्न विघटन गरिएको सचिव महेन्द्र प्रधानले बताए ।


उनले चाडै नै पार्टीका पदाधिकारीसँग छलफल गरेर पुनर्गठन गर्ने बताएपनि कहिले पुन: पुर्नगठन गर्ने भन्ने बारे निर्णय मिति भने नतोकिएको बताए ।


क्षेत्रीय कार्यसमिति विघटन भएपनि निर्वाचित पदाधिकारीहरु सभापति, सचिव, कोषाध्यक्ष र आठ सदस्य भने यथावत रहने छन् ।

विघटन भएसँगै मनोनित उपसभापति धनबहादुर कट्वाल, मनोनित सचिव महेन्द्र प्रधान र सहसचिव प्रेमकुमार राई र मनोनित आठ सदस्यहरु, आमन्त्रित सदस्यहरु, सल्लाहकारहरु सबैलाई पदमुक्त गरिएको सुनसरी सचीव सुजेन्द्र तामा‌ंगले बताए ।


कांग्रेसको बैठकले पर्यटकीय स्थल धरान–४ मा खानेपानीको व्यापक समस्या भएकाले पर्याप्त खानेपानीको व्यवस्था गर्न समेत माग गरेको छ ।

प्रकाशित : जेष्ठ ९, २०७५ १७:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?