घूससहित शिक्षा प्रमुख पक्राउ
सुनसरी — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विहान सुनसरीका जिल्ला शिक्षा समन्वय समितिका प्रमुख खगेन्द्र सुवेदीलाई घूस लिएको आरोपमा पक्राउ गरेको छ ।
सेवाग्राहीबाट ५० हजार रुपैया घुस लिदै गर्दा पक्राउ गरिएको इटहरीस्थित आयोगको क्षेत्रीय कार्यालयका प्रवक्ता नरेन्द्र भट्टराईले बताए ।
सुवेदीलाई बिहान साढे ८ बजेतिर निवासबाटै टोलीले नियन्त्रणमा लिएको हो ।
प्रवक्ता भट्टराईका अनुसार सुनसरीको एक आधारभूत विद्यालयको शौचालय र पर्खाल निर्माणका लागि जिल्ला समन्वय समितिबाट आर्थिक सहयोग उपलब्ध गराए बापत् सुवेदीले उक्त रकम लिएका थिए ।
प्रकाशित : जेष्ठ ९, २०७५ १८:१६प्रतिक्रिया