३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

जग्गा विवादमा तरुण दलका नेता सिजन गुरुङ पक्राउ 

प्रदीप मेन्याङ्बो

सुनसरी — जग्गाको सिमाना र घरभाडाको विषयमा विवाद भएपछि पक्राउ परेका तरुण दल सुनसरीका सभापति सिजन गुरुङलाई निशर्त रिहा गर्न सुनसरी कांग्रेसले माग गरेको छ । गुरुङलाई शुक्रबार राती पक्राउ गरेको हो ।

जग्गा विवादमा तरुण दलका नेता सिजन गुरुङ पक्राउ 

इटहरी उपमहानगरपालिका–२० तरहरा बस्ने तीर्थकुमारी गिरीको १० धुर जग्गा कब्जा गरेर बनेको घरबाट सात वर्षदेखि अनधिकृत रुपमा भाडा असुल्दै आएको विषयमा विवाद भएपछि प्रहरीले गुरुङलाई पक्राउ गरेको हो । गरुङले उक्त जग्गा आफ्नो भएको दाबी गर्दै आएका छन् ।


गुरुङ पूर्वमा नाम कहलिएका गुण्डा हुन् । गुरुङ पक्राउ परेपछि तरुणदल र माउपार्टी कांग्रेसले झूटो मुद्दा लगाएर सुनियोजित र षड्यन्त्रपूर्वक पक्राउ गरिएको जनाउँदै अविलम्ब निशर्त रिहा नगरे चरणबद्ध आन्दोलनमा उत्रने चेतावनी दिएको छ ।


यसैबीच प्रदेश नं. १ का प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका सुनसरी कांग्रेस जिल्ला सभापति राजीव कोइरालाले विज्ञप्ती जारी गर्दै जिल्ला प्रशासन कार्यालय सुनसरीमा शान्ति सुरक्षाका लागि निवेदन दर्ता गराएका गुरुङलाई रातारात पक्राउ गरिनु प्रहरी प्रशासनको पूर्वाग्रह प्रष्ट देखिएको जनाएका छन् ।


विज्ञप्तीमा कांग्रेसका कार्यकर्ताहरुलाई झूटा मुद्दा लगाएर फसाउने कार्य बन्द गर्न समेत माग गरिएको छ ।


सुनसरी कांग्रेस क्षेत्र न २ का सभापति मनिराम श्रेष्ठ, तरुणदल र सुनसरी क्षेत्र न १ का सचिव सुजेन्द्र तामाङले विना शर्त रिहा नगरे आफूहरु चुप लागेर नबस्ने बताएका छन् ।


इटहरीस्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक शिवकुमार श्रेष्ठले जनप्रतिनिधि, सरकारी कर्मचारी उपस्थित रहेको अवस्थामा जग्गा नापी भइरहेको बेला गुण्डागर्दी शैलीमा कुटपिटमा उत्रेकाले गुरुङलाई पक्राउ गरिएको बताएका छन् । उनले भने, ‘उजुरी आएका छन् । अनुसन्धानका लागि गुरुङलाई हिरासतमा राखिएको हो ।’

प्रकाशित : जेष्ठ १२, २०७५ १५:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?