कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रहरीद्वारा आत्महत्या

पाँचथर — एकजना प्रहरी जवानले आत्महत्या गरेका छन् । इलाम घर भएका प्रहरी जवान मानबहादुर विष्टले शुक्रबार राती आत्महत्या गरेका हुन् । 

प्रहरीद्वारा आत्महत्या

उनी फिदिम-८ को तमाखे प्रहरी चौकीमा कार्यरत थिए । उनले प्रहरी चौकीभन्दा एकसय मिटर टाढा रुखमा डोरीको पासो लगाइ आत्महत्या गरेका थिए ।


करिब ३६ वर्षीय विष्टले फिदिम ८ की १४ वर्षीय किशोरीलाई जिस्क्याएको आरोप लागेको थियो ।


'साँझ ८ बजेतिर तमाखे प्रहरी चौकीमा किशोरी र आफन्तले विष्टविरुद्ध मौखिक उजुरी गरेपछि त्यहाँका इन्चार्जलाई पक्राउ गरी लिएर आउन आदेश दिएँ' प्रहरी निरिक्षक प्रकाशकुमार गुप्ताले भने, ' त्यो सुइँको थाहा पाएपछि चौकीबाट गायव भएका उनी ३ घण्टापछि झुण्डिएर आत्महत्या गरेको अवस्थामा भेटिए ।'

प्रकाशित : जेष्ठ १२, २०७५ १९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?