२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

मृगलाई हानेको गोली लागेर मृत्यु

संखुवासभा — मृग भनेर हानेको गोली लागेर धर्मदेवी नगरपालिका–१ तेल्लोकमा एक जनाको ज्यान गएको छ ।

मृगलाई हानेको गोली लागेर मृत्यु

शनिबार २७ वर्षीय योगेन्द्र पौडेलको गोली लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।


स्थानीय चकेन्द्र अधिकारीले नजिकै जंगलमा आएको मृगलाई गोली हान्ने क्रममा पौडेललाई लागेको थियो । उनीहरु तीन जनाको समुहमा सिकार खेल्न गएका थिए ।


घटना लगत्तै गोली प्रहार गर्ने अधिकारीलाई मुडे प्रहरी चौकीले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक बेदप्रसाद गौतमले बताए ।

प्रकाशित : जेष्ठ १३, २०७५ ०९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?