सूचना पाटीमा टेलिफिल्म !

संखुवासभा — सरकारी कार्यालयमा सूचनाका लागि राखिएको टेलिभिजनमा दिनभर नेपाली हिन्दी टेलिफिल्म हेरिन्छ । पछिल्लो समय विभिन्न सरकारी कार्यालयमा नागरिक बडापत्रका रूपमा विद्युतीय सूचना पाटी राख्ने चलन छ ।

सूचना पाटीमा टेलिफिल्म !

यहाँका विभिन्न कार्यालयमा पनि विद्युतीय सूचना पाटी राखिएको छ । ती सूचना पाटीहरूमा कार्यालयको सेवा, सुविधा र सेवाग्राहीलाई सहजताका लागि सेवा प्रवाहका बारेमा जानकारी राखे पनि कर्मचारी टिभी हेरेर बस्छन् । सूचना पाटी नागरिक बडापत्रभन्दा पनि मनोरञ्जनका लागि राखिएझैं देखिन्छ । सूचना पाटीको चरम दुरुपयोग भएको छ ।

त्यसको पछिल्लो उदाहरण बनेको छ जिल्ला समन्वय समितिको सूचना पाटी । जिससको सूचना र सेवा प्रवाहको जानकारी दिन राखिएको एलइडी टिभीमा टेलिफिल्म र विभिन्न कलाकारको गीत हेरिन्छ । अधिकांश समय फिल्म हेर्ने कर्मचारी बढी हुन्छन् ।सञ्चारकर्मी बाबुराम बाँस्तोला भन्छन्, ‘अधिकांश सरकारी कार्यालयमा राखिएको यस्ता सूचना पाटीमा पेनड्राइभ जोडेर भए पनि मनोरञ्जनका लागि प्रयोग भएको पाइएको छ ।’ जिससका कर्मचारी प्राय:जसो भिडियो हेरर बस्ने गरेको भेटिन्छन्, उनले भने, ‘जतिखेर गए पनि फिल्म, रेसलिङ र गीत बजिरहेको हुन्छ ।’

सेवाग्राहीले खोजेको सूचना त्यहाँबाट पाउँदैनन्, कसैले नागरिक बडापत्र खोजिहाले पनि भेट्दैनन्, उनले भने, ‘सरकारी कार्यालयले सिस्टम फेर्न खोजेको छ तर, सही सदुपयोग भने भएको छैन ।’ लापरबाहीले सीमा नाघे पनि कसैले वास्ता गर्दैनन् । यसरी जिल्लाका प्रमुख कार्यालयमा सूचना पाटीको दुरुपयोग भइरहँदा पनि सरोकारवाला निकाय र व्यक्ति मौन छन् । स्मार्ट टिभी भएकाले कर्मचारी सीधै वाइफाइमार्फत युट्युब हेरिरहेका हुन्छन् । टेलिभिजन हेर्न जिसस वरिपरिका स्थानीयको निक्कै घुइँचो लाग्ने गरेको छ । कार्यालयअघि र पछिको समयमा त्यहाँको टेलिभिजन खुला हुने गरेको छ । बिहान र साँझको समयमा जिससको गेट खुला हुने भएकाले पनि स्थानीयलाई फाइदा पुगेको छ । विद्युत् लाइनको समस्या नहुँने भएकाले भीडभाड धेरै हुने गरेको बास्तोलाले बताए ।

जिल्ला प्रशासनमा पनि विद्युतीय सूचना पाटी राखिएको छ । सुरुमा सेवाग्राहीहरूलाई मनोरञ्जन दिन राखिएको थियो । समयमा काम सम्पन्न नहँुदा सेवाग्रहीले पर्खनुपर्ने समयमा झन्जटिलो नहोस् भनेर एलइडी टिभीका रूपमा राखिएको थियो । त्यसैलाई सूचना पाटीका रूपमा व्यवस्था गरिएको सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेले बताए । पछिल्लो समय सूचनाभन्दा पनि मनोरञ्जनात्मक कार्यक्रम हेर्न मात्र प्रयोग गरिएको छ ।

प्रकाशित : जेष्ठ १३, २०७५ १०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?