पेइङबाट कमाएको २५ प्रतिशत बालबालिका लागि खर्च गर्ने घाेषणा

प्रदीप मेन्याङ्बो

सुनसरी — वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित बालरोग विभागका एसिस्टेन्ट प्राफेसर डा अरुणकुमार सिंहले आफुले आर्जन गरेको २५ प्रतिशत रकम गरिब, असहाय बालबालिकाको स्वास्थ्य र शिक्षा क्षेत्रमा खर्च गर्ने घोषणा गरेका छन् । 

पेइङबाट कमाएको २५ प्रतिशत बालबालिका लागि खर्च गर्ने घाेषणा

प्रतिष्ठानद्वारा संचालित पेइङ क्लिनिकबाट आफुले पाउने दैनिक आम्दानीको २५ प्रतिशत रकम बालबालिकाको स्वास्थ्य र शिक्षा क्षेत्रमा खर्च गर्ने डा सिंहले शनिबार लिखित घोषणा गरेका हुन् ।


प्रतिष्ठानमा विभिन्न विभागका ४० बढी चिकित्सकहरुले पेइङ क्लिनिक संचालन गर्ने गरेका छन् । धनी र सम्पन्न वर्गकालागि भनेर संचालित पेइङ क्लिनिकमा उपचार गर्दा जनरल भन्दा दोब्बर शुल्क लाग्ने व्यबस्था गरिएको छ ।


डा. सिंहले एकवर्षअघि देखि धरानका बिभिन्न चोक र गल्लीमा भेटिने सडक बालबालिकालाई आफै भेटेर सातामा एकदिन नियमित स्वास्थ्य उपचार सेवा दिदै आएका छन् ।


पाकिस्तानको लाहोरस्थित किङ एडवार्ड मेडिकल युनिभर्सिटीबाट बालरोग विषेशज्ञता हासिल गरेका डा. सिंहले प्रतिष्ठानको सह प्राध्यापकमा पदोन्नति भएको अवसरमा उक्त घोषणा गरेका हुन । उनले कुनै गैर नाफामुखी सामाजिक संघसंस्थाले बालरोग सम्बन्धी स्वास्थ्य शिविर संचालन गर्न चाहेमा आफ्नो विदाको दिन सेवा दिन तयार रहेको बताए ।

प्रकाशित : जेष्ठ १९, २०७५ १३:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?