कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

इनरुवा खुला दिसामुक्त नगरपालिका घोषित

प्रदीप मेन्याङबो

सुनसरी — साविक डुम्राहा गाविसमा १ हजार ७ सय ३९ घरमा शौचालय निर्माण सम्पन्न भएपछि सुनसरीको इनरुवा नगरपालिकालाई सोमबारदेखि खुला दिसामुक्त नगरपालिका घोषणा गरिएको छ । 

इनरुवा खुला दिसामुक्त नगरपालिका घोषित

नगरपालिकालाई खुला दिशामुक्त घोषणा गर्दै १९ औं राष्ट्रिय सरसफाई दिवस समापन गरिएको थियो । जिल्लास्तरका ९० प्रतिशत सरकारी, गैरसकारी कार्यालय रहेको इनरुवाभन्दा अन्य नगरपालिका र साविक गाविसहरु तीन वर्षअघि नै खुला दिसामुक्त घोषणा भइसकेका थिए ।


सुनसरीका २ उपमहानगरपालिका, ४ नगरपालिका र ६ गाउँपालिकाका १ लाख ३७ हजार ६ सय ५० घरमा शौचालय प्रयोगमा आएको बताइएको छ ।

प्रकाशित : जेष्ठ २८, २०७५ १६:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?