वन संरक्षणबाट लाखौं आम्दानी

बेल्टार (उदयपुर) — चौडण्दीगढी नगरपालिका ६ सिर्वानीका उपभोक्ताले वन संरक्षण गरेरै मनग्य आम्दानी गर्दै गरिरहेका छन् । वन संरक्षण हुन थालेपछि यहाँका विपन्न परिवारका सदस्याले वार्षिक लाखौं रुपैयाँ आम्दानी गरेका हुन् ।

वन संरक्षणबाट लाखौं आम्दानी

कटुन्जे समुदायिक वन उपभोक्ता समूहका सदस्याले वन संरक्षणसँगै आयआर्जनको काम गरेर दर्जनौं उपभोक्ताले आम्दानी गरिहेका हुन् । वन विनाशबाट जोगाउन खाली जग्गामा अर्मिसो,अदुवा,बेसार र आँप खेती गरेर वार्षिक पाँच लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको वन संरक्षण समूहका अगुवा किसान कुमार खतिवडाले बताए ।

‘वन क्षेत्रको खाली जग्गामा आँप, केरा, अर्मिसो,अदुवा,बेसार लगायतका नग्दे बालीको व्यावसायिक खेती गरेर वार्षिक ३ लाख रुपैयाँसम्म आम्दानी हुन्छ,’ अगुवा किसान खतिवडाले भने, ‘न्यून आय भएका किसालका लागि यो बरदान नै भएको छ ।’ किसानको आम्दानीसँगै वन संरक्षण गरेको उनले बताए । झन्डै ५ वर्षयता किसानले वन क्षेत्रको सरक्षण गरेर आम्दानी लिइरहेका छन् । वन क्षेत्रको संरक्षण आम्दनीको स्रोत न्यून आय भएका किसानका लागि गुजाराका माध्यम समेत बनेको छ ।

किसानले समूह विभाजन गरेर वन संरक्षण गर्न सुरु गरेपछि वन पनि संरक्षण सँगसँगै निम्न आय भएका उपभोक्ताले आम्दानी गर्ने गरेका उनीहरूले बताए । वन संरक्षणका लागि नै सामन्य बोटबिरुवा भएको खाली जग्गामा खेती गरिएको उपभोक्ता मानबहादुर राउतले बताए ।

वन संरक्षणसँगै गरिएको खेतीबाट वार्षिक २ लाख रुपैयाँसम्म कमाइ हुने राउनले बताए । ‘वन जोगाउन उपभोक्ताको दायित्व हो,’ उनले भने, ‘उपभोक्तालाई वन संरक्षणसँगै आयआर्जनको अवसर दिए झनै दायित्व बढने छ ।’ खेती गरेर आम्दानी गरेपछि वन संरक्षणको दायित्व बढेको उनले बताए । अर्मिसो,अदुवा,बेसार र आँपलाई व्यावसायिक खेतीका रूपमा विस्तार गरी कम आय भएका उपभोक्तको जीवनस्त उकास्ने उद्देश्यले कटुन्जे समामुदायिक वनले झन्डै १० वर्षयता संरक्षण अभियान सुरु गरेको थियो ।

वनमाथि निम्न आय भएको उपभोक्ताको आक्रमण कम गर्ने उद्देश्यले पनि व्यावसायिक खेती सुरु गरिएको समूहका पूर्वअध्यक्ष लक्ष्मीप्रसाद दाहालले बताए । ‘सुरुमा त संरक्षण गर्नेमात्रै उद्देश्य थियो’ पूर्वअध्यक्ष दाहालले भने, ‘तर पछि आम्दानी हुन थाले पनि निम्न आय भएका उपभोक्ताको व्यवसाय नै बनेको छ ।’

करिब पाँच हेक्टर क्षेत्रमा वन संरक्षणका लागि गरिएको व्यावसायिक खेतीले निम्न आयका उपभोक्ताको जीवनस्तर उकास्नुका साथै रोजगारीको अवसर समेत प्रदान गरेको समूहले जनाएको छ । व्यावसायिक खेती सुरु हुनुअघि निम्न आय भएका उपभोक्ताले जंगलबाट काठदाउर चोरी गरेर गुजार गर्दै आएको पूर्वअध्यक्ष दाहालले बताए ।

‘काठ चोरी गरेर बिक्री गर्दा पक्राउ परेमा कारबाहीमा परिने डर र भनेको समयमा मूल्य नपाउने समस्या थियो,’ पूर्वअध्यक्ष दाहालले भने, ‘तर वन संरक्षण गर्दै व्यावसायिक खेती गरेपछि ढुक्कसँग आफनो उत्पादन भनेकै मूल्यमा बिक्री गर्न पाउँदा खेती गर्ने सवै दंग परेका छन् ।’वन स्रोतमा गुजारा गर्ने उपभोक्ताले समुदायिक वनमा खेती गरेपछि त्यसबाट आएको अम्दानीले घर खर्च चलाउन थालेको समूहका अध्यक्ष रामकुमार बस्नेतले वताए । ‘वनबाट आम्दानी हुन थालेपछि दैनिक ज्याला मजदुरी गर्नुपर्ने बाध्यता समेत गाउँमा हटेको छ,’ अध्यक्ष बस्नेतले भने,‘निम्न स्तरका उपभोक्ताको आम्दानीसँगै समुदायिक वन पूर्णरूपले संरक्षण भएको छ ।’

प्रकाशित : असार ४, २०७५ १०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?