कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

जंगली जनावरको शिकार बढ्दो

रासस

सोलुखुम्बु — जंगली जनावरले याक र नाकको शिकार गर्न थालेपछि यहाँ चौरीपालन व्यवसायप्रति किसानको आकर्षण घट्न थालेको छ । 

जंगली जनावरको शिकार बढ्दो

जंगली जनावरको आक्रमण बढेसँगै सोलुखुम्बुको खुम्बु क्षेत्रमा चौँरीपालनप्रति कृषकको आकर्षण घट्दै गएको याक विकास फार्म जनाएको छ ।


चालू आर्थिक वर्षमा कृषकका २७ याक, १२ नाक, १२ चौँरीगाई, २ जोक्पे, ४ लाङ्गोरु र २२ वटा बाच्छाबाच्छी जंगली जनावरको शिकार भएका छन् ।


फार्मका निमित्त प्रबन्धक ललन यादवका अनुसार जंगली जनावरको आक्रमणबाट क्षति पुर्याएको पशुचौपायाको हकमा सगरमाथा नेशनल पार्कले प्रतिगोटा रु ३० हजारका दरले क्षतिपूर्ति उपलब्ध गराउँदै आएको छ । जसमध्ये अहिलेसम्म २० जनाले क्षतिपूर्ति पाएका छन् भने ५८ जना प्रक्रियामा छन् ।

प्रकाशित : असार ५, २०७५ १४:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?