कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

२० हजार घरमा स्टिकर

संखुवासभा —  प्रहरीले नागरिक सूचना र सुरक्षाका लागि २० हजार स्टिकर टाँस गरेको जनाएको छ । यो जिल्लामा ‘एक घर एक स्टिकर’ टाँस्ने अभियानअन्तर्गत दुर्गम बस्तीमा पुगेर स्थानीयसँगको सहकार्यमा २० हजार स्टिकर टाँसिएको हो ।

२० हजार घरमा स्टिकर

शान्तिपूर्ण र अपराधविहीन समाज निर्माणका लागि जिल्लाका ३४ हजार घरमा सन्देशमूलक स्टिकर टाँसिने छ । १४ हजार घरमा यो महिनाभित्र टाँस गरिसक्ने डीएसपी श्यामकुमार सारुमगरले बताए । यो अभियान एक महिनाअघिबाट सुरु गरिएको हो ।प्रहरीले जिल्लाका ४ स्थानबाट एकैसाथ यो अभियान सुरु गरेर घरघरमा स्टिकर टाँसेको जनायो ।

प्रहरी सेवालाई थप प्रभावकारी र जनमैत्री बनाउन प्रदेश नम्बर–१, आन्तरिक मामिला तथा कानुन मन्त्रालयको निर्देशनमा प्रहरीले घरघरमा सूचना टाँस्ने अभियान थालेको थियो । जिल्लाका सबै इलाका प्रहरी र प्रहरी चौकीहरूले एक साथ ‘एक घर, एक स्टिकर’ टाँसिएको छ, उनले भने, ‘स्टिकरमा प्रदेश प्रहरी कार्यालय, विराटनगर, संघीय प्रहरी एकाइ कार्यालय धरान र जिल्ला प्रहरी कार्यालयको फोन नम्बर र टोल–फ्रि नम्बर उल्लेख गरिएको छ ।’

स्टिकरमा उल्लेख भएका सम्पर्क नम्बरका माध्यमबाट गाउँघरमा हुने जुनसुकै घटना, दुर्घटना भए वा नागरिकलाई प्रहरीको सहयोग र सुरक्षा आवश्यक भए प्रहरीलाई फोन गर्न उनले आहवान गरे । सर्वसाधारणको गुनासो सुन्न तथा सुझाव संकलन गरिने छ, उनले भने, ‘प्रहरी सेवालाई जनभावना अनुकूल बनाउनका लागि स्टिकरमार्फत नागरिकसम्म पुर्‍याउने र शान्तिपूर्ण समाज स्थापना गर्ने अभियानको उद्देश्य हो ।’


प्रहरीले समाजमा शान्ति स्थापनार्थ हिंसा, दुर्घटना, आपराधिक क्रियाकलापका विषयमा तत्काल खबर गर्न सर्वसाधारणलाई स्टिकरमार्फत आग्रह गरेको छ । जिल्लाका सबै घरधुरीमा असार महिनाभित्रमा स्टिकर टाँसिसक्ने उनले बताए ।

प्रकाशित : असार ६, २०७५ १०:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?