कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

स्वस्थ र उत्पादनशील जीवनका लागि योग: मुख्यमन्त्री राई

मोरङ — प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले स्वस्थ र उत्पादनशील जीवनका लागि योग अपरिहार्य भएको बताएका छन् । 

स्वस्थ र उत्पादनशील जीवनका लागि योग: मुख्यमन्त्री राई

प्रदेश १ को सामाजिक विकास मन्त्रालयले बराह नगरपालिकास्थित चतराधामको रामानन्दाचार्य सेवापीठमा बिहीबार आयोजना गरेको विश्व योग दिवसमा उनले प्रदेशवासी स्वस्थ र उत्पादनशील नहुञ्जेलसम्म प्रदेश सरकारको विकास र समृद्धिको लक्ष्य पूरा हुन नसक्ने बताएका हुन् ।


‘चतराधाम र बराह क्षेत्रको गुरुयोजना बनाएर विकास गर्न प्रदेश सरकारले यसै वर्षदेखि काम थाल्छ,’ उनले भने, ‘यस क्षेत्रमा योग ध्यान केन्द्र, आयुर्वेद विश्वविद्यालयका साथै केबल कार निर्माण गरेर विश्वकै उत्कृष्ट पर्यटकीय स्थल निर्माण गर्ने लक्ष्य लिएका छौँ ।’


यहाँ उत्पादन भइरहेको दिव्य जडिबुटीको प्रशोधन गरेर प्रदेश १ को समृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउन सबै पक्षको सहयोग अपरिहार्य रहेको मुख्यमन्त्री राईको भनाई थियो ।


उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदिशप्रसाद कुसियैतले प्रदेश १ स्थित महत्वपूर्ण पर्यटकीय स्थलहरुको प्रचार प्रसारलाई मध्य नजर गरेर प्रदेश सरकारले कार्यक्रमहरु आयोजना गर्ने लक्ष्य लिएको बताए ।

‘चतरा र बराह क्षेत्रमा रहेको पर्यटकीय सम्भावनाको विस्तृत अध्ययन गरेर भौतिक संरचना निर्माण गर्ने प्रदेश सरकारको लक्ष्य छ,’ उनले भने, ‘यस क्षेत्रमा भारतीय लगायत विभिन्न देशका लाखौँ पर्यटक भित्र्याउने सम्भावनालाई सकार रुप दिने किसिमले प्रदेश सरकारले काम थालेका छन् ।’


रामानन्दाचार्य सेवापीठका पीठाधिस कृष्ण दास महाराजले प्रदेश सरकारका मुख्यमन्त्री लगायतका मन्त्री, कर्मचारी लगायत विभिन्न जिल्लाबाट सहभागी भएकाहरुलाई योगको अभ्यास गराउनुका साथै त्यस सम्बन्धी जानकारी गराएका थिए ।


कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की, सभामुख प्रदिप भण्डारी उपसभामुख सरस्वती पोख्रेल, प्रदेश सांसदलगायतको सहभागिता रहेको थियो ।

प्रकाशित : असार ७, २०७५ १७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?