कोसीका डुुबान पीडितद्वारा क्षतिपूर्ति माग

सुनसरी — सप्तकोसी डुबान कटान पीडित संघर्ष समितिले आइतबार मुख्यमन्त्री शेरधन राई र सभामुख प्रदीपकुमार भण्डारीलाई ज्ञापनपत्र बुझाउँदै क्षतिपूर्ति र मुआब्जा माग गरेको छ ।

कोसीका डुुबान पीडितद्वारा क्षतिपूर्ति माग

०२२ सालदेखि विस्थापित भएर फिरन्ते जीवन बिताइरहेकालाई क्षतिपूर्ति दिनुपर्ने उनीहरूको भनाइ छ । समिति अध्यक्ष प्रल्हाद थापा र सचिव बाबुराम कार्की नेतृत्वको टोलीले ०२२ जेठ २८ बुधबारका दिन सप्तकोसी नदीको बाढी पूर्वी तटमा पर्ने सिंधुरे टापुको बाँध फुटाएर बस्ती पसेयता पटकपटक बाढीले क्षति गराएको भन्दै सरकारको ध्यानाकर्षण गराएको हो ।

सचिव कार्कीले हाल बराह नगपालिका बनेको साविक बराह क्षेत्र, प्रकाशपुर, महेन्द्र नगर, मधुवन र भरौलका अधिकांश स्थानीय बाढीपीडित रहेको बताए । मुख्यमन्त्री राईले कोसीपीडितबारे प्रदेश सरकार संवेदनशील रहेको भन्दै यसबारे संघीय सरकार र प्रधानमन्त्रीको पनि ध्यानाकर्षण गराउने आश्वासन दिए ।

प्रकाशित : असार ११, २०७५ १०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?