कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

प्रदीप मेन्याङ्बो

सुनसरी — सुनसरीको बराह नगरपालिका-९ प्रकाशपुर नजिकै ढोलबज्याङ्क बस्ने एक महिलाको सोमबार बिहानै जंगली हात्तीले आक्रमण गर्दा मृत्यु भएको छ । 

जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नारायण चिमोरियाका अनुसार जंगली हात्तीको आक्रमणबाट मृत्यु हुनेमा ५० वर्षीया भुनियादेवी चौधरी रहेकी छन् । जंगली हात्तीको आक्रमणमा परी गम्भीर घाइते भएपछि चौधरीलाई बीपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि आकस्मिक कक्षमा भर्ना गरिएको थियो । उनको उपचार गर्दा गर्दै मृत्यु भएको प्रहरीले जनाएको छ ।


नजिकैको कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्केको जंगली हात्तीले चौधरीलाई आक्रमण गरेको थियो । आरक्षबाट निस्केको जंगली हात्तीले स्थानीय बासिन्दाको मकै बालीसमेत नस्ट गरिदिएको प्रहरीले जनाएको छ ।


प्रकाशित : असार ११, २०७५ १४:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?