धनकुटा नगरपालिका कालोसूचीमा

रासस

धनकुटा — धनकुटा नगरपालिकासहित जिल्लाका विभिन्न क्षेत्रका ग्राहकले महशुल नबुझाएपछि लाइन काट्न थालिएको छ । 

धनकुटा नगरपालिका कालोसूचीमा

जिल्लाका विभिन्न क्षेत्रमा बक्यौता रहेको एक करोड १७ लाख ४४ हजार रुपैयाँ महशुल नबुझाएकाले विद्युत् लाइन काट्न थालिएको नेपाल विद्युत् प्राधिकरण धनकुटा शाखाका प्रमुख पवनकुमार शाहले बताए । विद्युत् महशुल नबुझाएको भन्दै जिल्लामा कूल ४ सय ७ ग्राहकको लाइन काटिएको छ ।


धनकुटा नगरपालिकासहित शाखाको कालोसूचीमा रहेका ७७ ग्राहकबाट ६ लाख ३८ हजार रुपैयाँ उठ्न बाँकी छ । असार मसान्तसम्ममा शुल्क नबुझाएमा लाइन काटिने शाहले बताए । नगरपालिकाको महसुल बापतको बक्यौता २५ लाखभन्दा बढी रकम तिर्न बाँकी छ ।


पछिल्लो समय महशुल नबुझाउने ग्राहकको संख्या बढ्दै गएको छ । महसुल बुझाउन ताकेता गर्दासमेत महसुल नबुझाउने सरकारी कार्यालय, विभिन्न संघसंस्था र व्यक्तिको लाइन काट्न सुरु गरेपछि ग्राहकले महसुल बुझाउन थालेको प्राधिकरणले जनाएको छ ।


विगत पाँच वर्षदेखि महशुल नतिरेका जिल्ला हुलाक कार्यालय, महिला तथा बालबालिका कार्यालय तथा इलाका प्रहरी कार्यालय राजारानीले बक्यौता रकम जरिवानासहित बुझाएका छन् ।

प्रकाशित : असार २०, २०७५ १६:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?