१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

सप्तकोसीमा पानीको बहाव बढ्यो, रातो बत्ती बालियो 

वेदराज पौडेल

विराटनगर — पूर्वी पहाडी जिल्लामा भएको वर्षासँगै सप्तकोशीको सहायक नदीहरुमा आएको बाढीका कारण सप्तकोसी नदीको जलस्तर बढेको छ । 

सप्तकोसीमा पानीको बहाव बढ्यो, रातो बत्ती बालियो 

यो सिजनको सबैभन्दा बढी एक लाख ५४ हजार ३ सय ९३ क्यूसेक पुगेको छ । ब्यारेजका ५२ मध्ये २४ ढोका खोलिएका छन् । दुई बजे पानीको सतह एक लाख ५० हजार पाँच सय क्यूसेक थियो । बिहीबार बिहानबाट कोशीको जलस्तर लगातार बढिरहेको छ ।


जिल्ला प्रहरी कार्यालयका डिएसपी नारायणप्रसाद चिमरियाका अनुसार पानीको बहाव एक लाख ५० हजार क्यूसेक नाघेपछि खतराको सूचक रातो बत्ती बालिएको छ ।


ब्यारेजको पूर्व र पश्चिममा दुई वटा रातो झण्डा गाडिएको छ । डिएसपी चिमरियाका अनुसार यो सिजनको सबैभन्दा उच्च पानीको बहाव रेकर्ड भएको हो ।

निर्माण ताका ६४ बर्ष अघि १२ लाख क्यूसेक पानी नियन्त्रण गर्ने क्षमताको कोसी ब्यारेजमा बालुवा भरिएको कारण नदीको सतह माथि आएकाले अहिले ६ लाख क्युसेक भारमात्र बहन गर्ने प्राविधिकहरु बताउँछन् ।


२०६५ साल भदौमा कोसीको पूर्वी तटबन्ध भत्काएर कोसी नदी गाउँ पसेको थियो । जसबाट नेपाल र भारतका हजारौँ मानिस घरबार वीहिन भएका थिए ।

ईनरुवा पश्चिम रहेको सुनसरी खोलामा आएको बाढी गाउँ पस्दा ५० परिवार विस्थापित भएको प्रमुख जिल्ला अधिकारी प्रेम प्रकाश उप्रेतीले बताए ।

इनरुवा नगरपालिकाको दक्षिणी क्षेत्र, भोक्राहा, नरसिंह लगायतका बस्तीमा सुनसरी खोलाको पानी पसेपछि जनजीवन प्रभावित बनेको छ ।

प्रकाशित : असार २१, २०७५ १५:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?