३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

माइक्रो बस दुर्घटनामा १८ जना घाइते

धनकुटा — कोसी राजमार्गको धरान–धनकुटा सडक खण्ड अन्तर्गत धनकुटा–७ रमाइलो घुम्तीमा शुक्रबार बिहान माइक्रो बस दुर्घटना हुँदा १८ यात्रु घाइते भएका छन् ।  

माइक्रो बस दुर्घटनामा १८ जना घाइते

हिलेबाट धरानतर्फ जाँदै गरेको को१ख २८४७ नम्बरको माइक्रो ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइते मध्ये २ जनाको अवस्था गम्भीर छ ।


गम्भिर घाइते धनकुटा–६ की ५० वर्षीया कमला भुजेल र पाख्रिबास नगरपालिका–५ का १८ वर्षीय सुरज तामाङको जिल्ला अस्पताल धनकुटामा उपचार हुन नसकेपछि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको धनकुटा प्रहरी प्रमुख एसपी सुरेन्द्रबहादुर गुरुङले बताए । अन्य १६ जनाको जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको छ ।

प्रकाशित : असार २२, २०७५ ११:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?