पाँचथरमा ट्याक्सी दुर्घटना, एकको मृत्यु नौ घाइते

आनन्द गौतम

ताप्लेजुङ — पाँचथरको च्याङथापुबाट झापाको बिर्तामोड जाँदै गरेको मे१च ५०५१ नम्बरको ट्याक्सी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । चालक सहित नौजना घाइते भएका छन् ।

पाँचथरमा ट्याक्सी दुर्घटना, एकको मृत्यु नौ घाइते

पाँचथरका प्रहरी नायव उपरीक्षक वामदेव गौतमका अनुसार याङवरक गाउँपालिका-२ फलैंचा निवासी ४३ वर्षीय कैलाश अधिकारीको मृत्यु भएको हो ।


घाइतेहरुलाई उपचारका लागि सदरमुकाम फिदिम लगिएको छ । १० जना सवार ट्याक्सी मध्यपहाडी लोकमार्गको ओयाम भन्ने ठाउँमा सडकबाट ओरालो झरेको स्थानीयले बताएका छन् । दुर्घटनाको कारण नखुलेपनि हिलाम्मे र साँघुरो सडकका कारण दुर्घटना भएको अनुमान स्थानीयको छ ।

प्रकाशित : असार २६, २०७५ १०:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?