३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

तेह्रथुममा ट्याक्टर दुर्घटना, चालकको मृत्यु

चन्द्र कार्की

तेह्रथुम — लालिगुराँस नगरपालिका बसन्तपुरस्थित प्रगति टोलमा बुधबार ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरका चालक सूर्य लिम्बूको मृत्यु भएको छ ।

तेह्रथुममा ट्याक्टर दुर्घटना, चालकको मृत्यु

प्रगति टोलको ओरालो सडकमा ब्रेक फेल भएर को २ त ४०५३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालक लिम्बूको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तेह्रथुम बसन्तपुरले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका लिम्बूको प्राथमिक स्वास्थ्य केन्द्र बसन्तपुरमा उपचार हुन नसकेपछि थप उपचारका लागि जिल्ला बाहिर लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।


प्रकाशित : असार २७, २०७५ १६:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?