सहकारीद्वारा तीन पत्रकार पुरस्कृत

कान्तिपुर संवाददाता

मोरङ — सञ्चारकर्मी सञ्चार सहकारी संस्था विराटनगरले स्थापना दिवसको अवसरमा बुधबार तीन जना पत्रकारलाई पुरस्कृत गरेका छ ।

इलामका भीम चापागाईं, विराटनगरका अभय राई र उर्लाबारीकी ज्योति चौहान पुरस्कृत भएका हुन् ।

३१ हजार राशीको ओमप्रकाश गोयल आर्थिक पत्रकारिता पुरस्कारबाट चापागाईं, २१ हजार राशीको मेम्बर चन्द्रलाल–दुर्गादेवी दाहाल श्रमजिवी पत्रकारिता पुरस्कारबाट राई र १० हजार राशीको मीना श्रेष्ठ महिला पत्रकार प्रोत्साहन पुरस्कारबाट चौहान पुरस्कृत भएका छन् ।

प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले उनीहरुलाई नगद र प्रमाणपत्र हस्तान्तरण गरेका हुन् ।

प्रकाशित : असार २७, २०७५ १७:१७
प्रतिक्रिया
पठाउनुहोस्

महाकालीमा पानीको बहाव बढ्यो, बनबसा पुलमा ठूला गाडी आउजाउ बन्द

भवानी भट्ट

कञ्चनपुर — पहाडी जिल्लाहरुमा भएको भारी वर्षापछि महाकाली नदीमा बुधबार एकाएक पानीको बहाव बढेको छ । बहाव निरन्तर बढ्नेक्रम जारी भएकाले नदी तटीय क्षेत्रका बासिन्दाहरु त्रसित बनेका छन् ।

महाकालीमा बाढी आएपछि बनबसा पुलमा चारपांग्रे सवारी साधन आवागमनमा पनि रोक लगाइएको छ । बुधबार दिउँसो २ बजेबाट पुलमा ठूला सवारी साधन आवागमनमा रोक लगाइएको ईलाका प्रहरी कार्यालय गड्डाचौकीका सई डिकरदेव पन्तले बताए । उनका अनुसार ४ बजे गरिएको मापनअनुसार महाकालीमा पानीको बहाव २ लाख १५ हजार क्युसेक पुगेको छ ।

यो सिजनमा दोस्रो पटक पुलमा ठूला सवारी आवागमनमा रोक लगाइएको हो । गतसाता महाकालीमा बाढी आएका बेला पानीको बहाव १ लाख ४५ हजार क्युसेक पुगेको थियो । त्यतिबेला दुई दिन ठूला सवारी साधन आउजाउ बन्द गरिएको हो ।
‘जनप्रतिनिधि र सुरक्षाकर्मी मिलेर नदी तटिय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेका छौं’ उनले भने, ‘डडेलधुराको परिगाउँमा बाढी जोखिमको तह भन्दा धेरै माथि पुगेकाले बुधबार साँझसम्म अझै बढ्न सक्ने देखिन्छ ।’

प्रकाशित : असार २७, २०७५ १६:४१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्