कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

छ जना बास्केटबल खेलाडीलाई छात्रवृत्ति

सुनसरी — धरानस्थित एम्स एकेडेमीले बुधबार बास्केटबल खेलाडीहरुलाई नि:शुल्क छात्रवृत्ति प्रदान गरेको छ । एसईई दिएका ६ जना बास्केटबल खेलाडी विद्यार्थीहरुलाई बास्केटबल संघका प्रतिनिधि, विद्यालय प्रतिनिधि, खेलाडी र अभिभावकबीच सम्झौता पत्रमा हस्ताक्षर गरी छात्रवृत्ति प्रदान गरिएको हो ।

छ जना बास्केटबल खेलाडीलाई छात्रवृत्ति

धरान बास्केटवल संघ र सुनसरी बास्केटबल संघको सिफारिसको आधारमा तीनजना महिला खेलाडी र ३ पुरुष खेलाडीलाई छात्रवृत्ति प्रदान गरिएको एम्स एकेडेमीका प्राचार्य मित्र तामाङले बताए ।


छात्रवृत्ति पाउने खेलाडीहरुमा प्रनिसा ओझा, आस्था राई, आस्मा भुजेल, एमन राई, एलिन रसाइली र अर्जुन कटुवाल छन् ।


छात्रवृत्ति प्राप्त गर्ने खेलाडीहरुले विद्यालय र बास्केटवल संघको नीति र नियम अनुशासित भई पालना गर्नु पर्ने, नियमित कक्षा लिई परीक्षामा उर्तीर्ण हुनु पर्ने, कुनै पनि बास्केटबलसम्बन्धी क्रियाकलापमा भाग लिँदा विद्यालय र बास्केटबल संघसँग सहकार्य गरेर मात्र सहभागिता जनाउन पर्ने सम्झौतामा उल्लेख भएको बास्केटबल संघका केन्द्रीय उपाध्यक्ष तथा धरान बास्केटबल संघका अध्यक्ष सुरजकुमार लामाले जनाए ।

बास्केटबल संघको योजनाअनुसार विद्यालयस्तरबाट नै बास्केटबल खेलाडी उत्पादन गर्ने उद्देश्यले गर्मी महिनाको बिदालाई लक्षित गरी साउन २ गतेदेखि दोस्रो समर बास्केटबल ट्रेनिङ क्याम्प सम्पन्न हुने पनि बास्केटबल प्रशिक्षक विकास चाम्लिङले बताए ।

प्रकाशित : असार २७, २०७५ १७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?