सडकको जग्गा बिक्री: वडासदस्यसहित ६ जना थुनामा

दाहाल बाबुछोराले लोकर्मागले ओगटेको सार्वजनिक जग्गा डंगोललाई १ करोड २७ लाख २० हजार रुपैयाँमा बेचेका थिए

उदयपुर — किर्ते गरेर सगरमाथा लोकर्मागको (सरकारी) जग्गा बिक्री गरेर आरोपमा पक्राउ परेको त्रियुगा नगरपालिका वडा नम्बर ३ की महिला सदस्यसहित ६ जनालाई जिल्ला अदालतले शुक्रबार पुर्पक्षका लागि थुनामा पठाइएको छ ।

सडकको जग्गा बिक्री: वडासदस्यसहित ६ जना थुनामा

जिल्ला अदालतका न्यायाधीस तीर्थराज केसीको इजल्लासले महिला वडा सदस्य हरिमाया शाही, नापी कार्यालयका नापी सर्वेक्षक शिवचन्द्र ठाकुर, जग्गा बिक्री गर्ने ७८ वर्षीय शिवप्रसाद दाहाल र उनका छोरा ५४ वर्षीय बुद्धिप्रसाद दाहाल, जग्गा खरिद गर्ने नेपाल डंगोल, लेखापढी व्यवसायी हरिप्रसाद ढुंगानालाई पुर्पक्षका लागि थुनामा पठाइएको हो । ६ जनालाई शुक्रबारै थुनाका लागि जिल्ला कारागार शाखा बोक्सेमा पठाइएको छ ।

सरकारी जग्गा खरिद बिक्रीमा संलग्न रहेको भन्दै बिक्री गर्ने दाहाल बाबुछोरा, खरिद गर्ने डंगोल, नापी सर्वेक्षक ठाकुर, महिला वडासदस्य शाही र लेखापढी व्यवसायी ढुंगानालाई पक्राउ गरी ठगीमा मुद्धा चलाइएको प्रहरी उपरीक्षक नवराज भट्टले बताए ।

‘खरिद गर्ने डंगोल र बिक्री गर्ने दाहाल बाबुछोरासँगै अन्य भूमिका निर्वाह गर्ने महिला वडासदस्यसहितलाई मुद्धा चलाइएको थियो,’ प्रहरी उपरीक्षक भट्टले भने, ‘दाहाल बाबुछोराले लोकर्मागले ओगटेको सार्वजनिक जग्गा डंगोललाई १ करोड २७ लाख २० हजार रुपैयाँमा बिक्री गरेका थिए ।

बिक्री भएको जग्गा सदरमुकाम गाईघाटबाट करिब दुई किलोमिटरको दूरीमा पर्छ । महिला वडा सदस्य शाही, नापी सर्वेक्षक ठाकुर, लेखापढी गर्ने ढुंगानको मिलेमतोमा दाहालले डंगोललाई राजर्मागको जग्गा रजिस्ट्रेसन पास गरिदिएका आधारमा मुद्धा चलाइएको प्रहरीले जनाएको छ ।

साबिक गाईघाट १ ख कित्ता नंं. ७०१ को ७ कट्ठा १९ धुरमध्ये लोकर्मागले ७ कट्ठा १८ अधिग्रहण गरेको थियो । बाँकी १ धुुर जग्गा मात्रै रहेकामा दाहालले सडकले अधिग्रहण गरिसकेको जग्गासमेत बिक्री गरेको स्थानीय मालपोत र नापीको स्रेस्तामा देखिन्छ ।

मालापोत र नापीको स्रेस्तामा लोकमार्गसँग जोडिएको देखिएकाले दाहालसँग १ करोड २७ लाख २० हजार मूल्यमा जग्गा रजिस्ट्रेसन पास गरेको डंगोलले बताउँदै आएका छन् । मालपोत र नापी कार्यालयका कर्मचारीको सल्लाहअनुसारै जग्गा खरिद गरिएको डंगोलको दाबी छ । मालपोत र नापीले उपलब्ध गराएको जग्गाको स्रेस्तामा जग्गा दाहालको देखिन्छ । नापी र मालपोतको रेकर्डमा जग्गा लोकर्मागको नदेखिएकाले दाहालसँग जग्गा खरिद गरेको डंगोल बताउँछन् ।

जग्गा खरिद बिक्रीका लागि स्थानीय निकायले सिफारिस गर्नुपर्ने हुन्छ । त्यसैले त्रियुगा नगरपालिका ३ नम्बर वडा कार्यालयले समेत डंगोलले खरिद गरेको जग्गाको घरबाटोको सिफारिस गरेको छ ।

दाहालसँग किनबेच भएको समयम जग्गाको नापी नक्सा, मोठ चुस्तदुरुस्त रहेको देखिन्छ । यता आफ्नो जग्गा लोकर्मागमा परेको विषयमा जानकारी नभएको दाहाल परिवारले बताउँदै आएका छन् । जग्गा सडकमा परेको छ भने मालपोतले कार्यालयले कसरी रजिस्ट्रेसन गरिदियो दाहालको दाबी छ । २०३८ सालदेखि भोगचलन गर्दै आएको जग्गा बेचिसकेपछि मात्र सडकमा पर्छ भनेर थाहा पाएको दाहाल बताउँछन् ।

सडकको जग्गा बिक्री हुनै नसक्ने कदमाहा गाईघाट सडक खण्ड हेर्ने सडक डिभिजन कार्यालय लहानले जनाएको छ । सडक डिभिजनले २०६२ सालमै जग्गा प्राप्त गरिसकेको छ । १३ वर्षअघि नै नापी र मालपोतलाई लगत कट्टा गर्न भनेका थियांै, अहिले किन व्यक्तिका नाममा पास भयो । डिभिजन कार्यालयलाई जानकारी नै छैन ।

जग्गा पास गर्दा रजिस्टेसन दस्तुरबापत ५ लाख ८ हजार ८ सय र लाभकर २ लाख ९२ हजार ९ सय ५८ रुपैया राजस्वसमेत जम्मा भएको मातपोत कार्यालयले जनाएको छ । पहिलो लगत कट्टाका लागि लेखिआएको समयमै कर्मचारीले लगत कट्टा गरेर जग्गा रोका नगरेकाले अहिले आएर सडकको जग्गा रजिस्ट्ेरसन हुन पुगेको स्रेस्ताबाट देखिन्छ । तर त्यहाँको स्रेस्ताको बारेमा जानकारी दिने नापी र मालपोतका कर्मचारी भएकाले बिक्रीमा संलग्नता पुष्टि हुने स्वयं कर्मचारीले बताए ।

अहिले बिक्री भएको जग्गाका नापी कार्यालयले २०६२ साल माघ ९ गते र २०६३ साल असार ५ गतेमा जग्गाको लागत मालपोत कार्यालय पठाएर लगत कट्टा गर्न भनेको थियो । तर मालपोत कार्यालयले हालसम्म लगत कट्टा नगर्दा राजमार्ग नै बेचिन पुगेको कर्मचारी बताउँछन् ।

तत्कालीन निर्माण तथा यातायात मन्त्रालयको २०४६ माघ २३ गते सार्वजनिक सूचना जारी गरी सडकका नाममा जग्गा प्राप्त गर्ने प्रक्रिया थालेको थियो । पछि २०६० सालमा कदमाहा गाईघाट सडक खण्डको जग्गा लगत कट्टा गर्न भूसंरक्षण तथा व्यवस्थापन विभागको निर्णयका आधारमा सडकको दायाँ/बायाँ २५/२५ मिटर जग्गाको लगत कट्टा गरेको हो ।

प्रकाशित : असार २८, २०७५ १०:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?