कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

डुबेर २ जनाको मृत्यु

अर्जुन राजवंशी

दमक — पानीमा डुबेर पूर्वोत्तर मोरङमा बिहीबार दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेहरुमा उर्लाबारी नगरपालिका-१ का १९ वर्षीय दीलकुमार लिम्बू र मिक्लाजुङ गाउँपालिका-९ का ७२ वर्षीय वृद्ध भीमबहादुर माझी छन् ।

डुबेर २ जनाको मृत्यु

लिम्बू साथीहरुसँग गाउँ नजिकैको जमेको पानीमा पौडी खेल्न गएका थिए । पौडी खेल्ने क्रममा डुबेर उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिए ।


मिक्लाजुङ-९ महेश चोकका भीमबहादुर माझीको स्थानीय राम्री खोलामा डुबेर मृत्यु भएको हो । बिहान घरबाट बाहिर निस्किएका माझीलाई दिउँसो डेढ बजेतिर खोला किनारमा मृत अवस्थामा स्थानीयले भेटेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रकाशित : असार २८, २०७५ १५:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?