घूस रकमसहित नायब सुब्बा पक्राउ

काठमाडौँ — भूमिसुधार कार्यालय विराटनगर मोरङका नायब सुब्बा दामोदर खतिवडा घूस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीको टोलीले उनलाई ३० हजार घूसबापतको रकमसहित कार्यकक्षबाटै आइतबार पक्राउ गरेको जनाएको छ ।

घूस रकमसहित नायब सुब्बा पक्राउ

उनले मोहियानी हक मिलाई दिने प्रलोभन देखाई सेवाग्राहीसँग घूस लिएका थिए ।


पक्राउ परेका नायब सुब्बा खतिवडामाथि अनुसन्धान भइरहेको आयोगका सहसचिव एवं प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए ।


प्रकाशित : असार ३१, २०७५ १६:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?