२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

छुट्टाछुट्टै दुर्घटनमा दुईको मृत्यु 

डिल्लीराम खतिवडा

उदयपुर — उदयपुरमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । उदयपुरको कटारी बजारबाट ओखलढुंगा गइरहेको ना४ख ८०७९ नम्बरको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । सहचालक घाइते भएका छन् । 

छुट्टाछुट्टै दुर्घटनमा दुईको मृत्यु 

सिद्धिचरण लोकमार्गको कटारी घुर्मी सडकमा पर्ने कटारी नगरपालिका–१४ भदौरेमा बिहान ८ बजे भएको दुर्घटनामा कटारी सिरिसेका २८ वर्षीय चालक मोहनबहादुर तामङको घटनास्थमै मृत्यु भएको हो ।


अस्थायी ट्राफिक पोष्ट घुर्मीका सहायक निरीक्षक कुमार फुयालकाअनुसार सिन्धुली दुधौली नगरपालिका कत्लेखोल घर भएका सहचालक पुर्ण सुनुवार घाइते छन् । ट्रक सडकबाट एकसय ५० मिटर तल खसेको छ ।


यसैगरि त्रियुगानगरपालिका–६ सगरमाथा लोकमार्गमा आइतबार राति भारतीय नम्बरको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भारतको फारबिसगन्जबाट जन्तीलिएर आएको बीआर ११ जे ४४२८ नम्बरको बस दुर्घटना हुँदा त्यसमा सवार भारतीय नागरिक ३२ वर्षीय मनोज दासको मृत्यु भएको एसपी नवराज भट्टले बताए ।


दुर्घटनामा गम्भीर घाइते भएका दासको उपचारकोक्रममा जिल्ला अस्पतालमा राति नै मृत्यु भएको हो । दुर्घटना पछि फरार रहेका बस चालकको खोजी भइरहेको एसपी भट्टले बताए । बस जन्ती बोकेर भारतको फारबिसगन्जबाट उदयपुरको जलजले आएको थियो । दुर्घटनामा अन्य सामान्य घाइते भएका छन् ।

प्रकाशित : असार ३२, २०७५ १०:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?