कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

धरान उपमहानगरका मेयर तारा सुब्बालाई अन्तिम श्रद्धाञ्जली 

प्रदीप मेन्याङ्बो

सुनसरी — धरान उपमहानगरपालिकाका प्रमुख स्वर्गीय तारा सुब्बाको अन्तिम संस्कार शनिबार सम्पन्न भएको छ । सिभीयर निमोनिया भएपछि उनको असार १ गते ग्राण्डी अस्प्तालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

धरान उपमहानगरका मेयर तारा सुब्बालाई अन्तिम श्रद्धाञ्जली 

मुलुक बाहिर रहेका परिवारका सदस्य आइपुगेपछि शनिबार धरान–१९ स्थित हरियाली सामुदायिक वनमा मौलिक लिम्बु परम्परा अनुसार सुब्बाको अन्तिम संस्कार गरिएको थियो ।

यसअघि श्रदाञ्जलीका लागि धरान–१२ पब्लिक उमाविको मैदानमा स्वर्गीय सुब्बाको शव राखिएको थियो । यसअघि धरान उपमहानगरपालिकामा स्वर्गीय सुब्बालाई नगर प्रहरीले अन्तिम सलामी समेत दिएको थियो ।


सुब्बालाई उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेल, प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, आन्तरिक मामिला तथा कानून मन्त्री हिक्कमत कार्की, आर्थिक मामिला मन्त्री इन्द्र आङ्बो, वन तथा वातावरण र पर्यटन मन्त्री जगदिश कुशियत, नेकपा स्थायी समिति सदस्य तथा प्रदेश १ संयोजक भीम आचार्य, नेकपा सचेतक भानुभक्त ढकाल, प्रदेश १ का महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, गाउपालिकाका प्रमुख, जनप्रतिनिधिहरु, विभिन्न दलका नेता, कार्यकताहरुले अन्तिम श्रदाञ्जली दिएका थिए ।


प्रमुख सुब्बालाई अन्तिम श्रदाञ्जली दिनका लागि नगरवासीले पसलका सटर बन्द गरेर हरियाली सामुदायिक वनमा मलामी गएका थिए ।

धरान उपमहानगरपालिकाले आइतबार स्थानीय तहमा सार्वजनिक बिदा दिएको छ । स्वर्गीय सुब्बाका एक छोरा, आमा र एक श्रीमती छन् ।

प्रकाशित : श्रावण ५, २०७५ १६:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?