कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दुर्व्यसनीलाई नाकाबाटै फर्काइँदै

विराटनगर — भारतीय सीमावर्ती सहर जोगबनीबाट लागूऔषध ल्याउने समूहलाई प्रहरीले नाकाबाट फर्काउन थालेको छ । पूर्वका विभिन्न सहरका युवा सीमापारि गएर लागूऔषध सेवन गर्ने र अधिकांशले बोकेर समेत ल्याउने क्रम बढेपछि प्रहरीले यसो गर्न थालेको हो ।

दुर्व्यसनीलाई नाकाबाटै फर्काइँदै

इलाका प्रहरी रानीका निरीक्षक सन्तोष निरौलाका अनुसार प्रहरीले दैनिक सरदर ५ जनालाई पक्राउ गर्दै आएको छ । तर केही दिनयता भने प्रहरीले सीमावारिको सुगर मिल गेटबाटै उनीहरूलाई पारि जान नदिई फर्काउन थालेको छ । पारिको टिकुलिया बस्ती यताबाट जाने दुव्र्यसनीले भरिएको हुन्छ । निरौलाका अनुसार ले त्यो बस्तीमा प्रवेश गर्ने नाकाबाटै अभिलेख राखेर दुव्र्यसनीलाई फर्काउन थालिएको छ ।

पारि जान खोज्नेलाई नाकामै रोकेर नाम, थर, ठेगाना र अभिभावकको सम्पर्क नम्बर लिएर फर्काउन थालिएको हो । असारभित्र यसरी २ सयभन्दा बढीलाई पारि जान नदिई फर्काइएको प्रहरीले जनाएको छ । सीमावर्ती भारतीय बजार जोगबनीमा दर्जनभन्दा बढी औषधि पसलका नियमित ग्राहक नेपालबाट जाने लागूऔषधका दुव्र्यसनी हुने गरेका छन् ।

पूर्वका धरान, विराटनगर, इटहरी, दमकलगायत स्थानबाट लागूऔषध सेवन गर्न र ओसारेर बिक्री गर्ने क्रम बढेपछि प्रहरीले विशेष निगरानी गर्न थालेको जनाएको छ ।

प्रकाशित : श्रावण ६, २०७५ ०९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?