कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

कल्पनाले पाइन् नागरिकता

१७ वर्षमा २० किलो

धनकुटा — जिल्ला प्रशासन कार्यालय सुनसरीमा नागरिकता प्रमाणपत्रका लागि बालिकालाई डोर्‍याएर एक महिला पुगिन् । प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले पहिले बालिका डोर्‍याउने महिलाले आफंैले नागरिकता लिन आएको ठाने । तर फरक उत्तर पाएपछि उनी छक्क परे ।

कल्पनाले पाइन् नागरिकता

२९ इन्च उचाइ भएकी किशोरीले सुनसरी जिल्ला प्रशासन कार्यालयबाट आइतबार नागरिकता प्रमाणपत्र लिएकी छन् । बराह क्षेत्र नगरपालिका ९, प्रकाशपुरकी १७ वर्षीया कल्पना कविरत नागरिकताका लागि जिल्ला प्रशासन पुग्दा उनलाई हेर्नेको भीड लागेको थियो ।

‘मलाई पनि अनौठो लाग्यो,’ प्रजिअ उप्रेतीले भने, ‘मैले यति होचो कदको व्यक्तिलाई पहिलोपटक नागरिकता दिएको छु ।’ सबै सिफारिस र प्रमाणको कागजपत्र लिएर आएपछि नियालेर प्रशासकीय अधिकृत राजन पाण्डेले हस्ताक्षर गरेपछि प्रजिअ उप्रेतीले कार्यकक्षमा उनलाई बोलाएर नागरिकता हस्तान्तरण गरे ।

कक्षा ९ मा अध्ययनरत कल्पना नागरिकता लिन आमा पुष्पाञ्जलिका साथ कार्यालय पुगेकी थिइन् । २०५८ मंसिर २९ गते साबिकको प्रकाशपुर गाउँपालिका ४ मा जन्मिएकी उनको ५ वर्षको उमेरदेखि उचाइ स्थिर रहेको आमा गीताञ्जलीले बताइन् ।

प्रकाशित : श्रावण ७, २०७५ ०९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?