१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

दुई बालिका १४ दिनदेखि बेपत्ता

डम्बरसिंह राई

खोटाङ — खोटाङका दुई बालिका १४ दिनदेखि बेपत्ता भएका छन् । खोटेहाङ गाउँपालिका–८ सिम्पानीकी १३ वर्षीया अनिता श्रेष्ठ र १५ वर्षीया सपना तामाङ गत असार ३२ गते रातिदेखि बेपत्ता भएका हुन् । 

दुई बालिका १४ दिनदेखि बेपत्ता

बेपत्ता सपना स्थानीय पञ्चायत रजतजयन्ती आधारभुत विद्यालयको कक्षा ५ मा र अनिता सोही विद्यालयको कक्षा–३ मा अध्ययनरत हुन् । दुई बालिका एकैसाथ बेपत्ता भएलगत्तै खोजी जारी राखिए पनि अहिलेसम्म कुनै पत्ता लाग्न नसकेको आफन्तले बताएका छन् ।


बेलुका खाना खाएर सुतेकी अनिता र सपना रातिबाटै सम्पर्कविहीन भएको सपनाकी दिदी सविना तामाङले बताइन् । उनीहरुलाई कसैले प्रलोभनमा पारेर बेपत्ता बनाएको हुन सक्ने खोटेहाङ गाउापालिका प्रमुख प्रदिप राईले बताए ।


सम्भावित ठाउामा खोजी गर्दा समेत बालिका फेला नपरे पछि परिवार र आफन्त शोकमा डुबेका छन् । बेपत्ता बालिकाको खोजीका लागि आफन्तले जिल्ला प्रहरी कार्यालय गाइघाटलाई जानकारी गराएका छन् । बेपत्ता बालिका बारे कुनै जानकारी नआएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले बताए ।

प्रकाशित : श्रावण १३, २०७५ १२:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?