कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

नगरले बनाउँदै सडक

कान्तिपुर संवाददाता

तेह्रथुम — सडक डिभिजन कार्यालयसँग ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले काम नगरेपछि लालीगुराँस नगरपालिका आफंैले सडक मर्मत थालेको छ । हिलो भई सवारी चल्न नसकेपछि वसन्तपुर खेलमैदानअघि र टुटेदेउराली खण्डको झन्डै ३ किमि नगरले आफैं मर्मत थालेको हो ।

नगरले बनाउँदै सडक

संखुवासभा र ताप्लेजुङतर्फ सवारी जाने टुटेदेउराली खण्ड पनि हिलाम्मे भएको छ । यही सडककै कारण ३ जिल्लाको सम्पर्कविच्छेद भएपछि नगर प्रमुख अर्जुन माबोहाङको पहलमा मर्मत सुरु गरिएको हो । यो खण्डको वाईपी कन्स्ट्रक्सनले ४ करोड ४५ लाख लागतमा मर्मत गर्न ०७३ असारमा ठेक्का सम्झौता गरेको थियो । निर्माण कम्पनीलाई ताकेता गर्दा पनि काम नगरेपछि कार्यालयले कारबाही गर्ने तयारी गरिरहेको डिभिजन प्रमुख विष्णुप्रसाद काफ्लेले बताए ।

प्रकाशित : श्रावण १६, २०७५ ०९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?