कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रतिबन्धित रक्सीसहित ७ पक्राउ 

प्रदीप मेन्याङ्बो

सुनसरी — प्रतिबन्धित रक्सी भन्सार छलेर भारतको विहार लैजाँदै गर्दा ६ भारतीय नागरिकसहित ७ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । उनीहरुको साथबाट १ लाख २९ हजार ७ सय ५० रुपैयाँको विभिन्न ब्रान्डको रक्सी बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रतिबन्धित रक्सीसहित ७ पक्राउ 

उनीहरु सुनसरीको देवानगन्ज गाउँपालिका–४ स्थित नेपाल-भारत सिमानाबाट पक्राउ परेका हुन् ।


भारततर्फ लैजानका लागि नेपालतर्फको भूभागमा बोराले छोपेर राखेको अवस्थामा रक्सीका कार्टुन बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट प्रहरीले नम्बर नखुलेको दुइथान मोटरसाइकल पनि बरामद गरेको छ ।

पक्राउ पर्नेहरुमा सुनसरीको देवानगन्ज-२ बस्ने अमरकान्त यादव, भारतको अररियाको नवावगन्ज बस्ने विप्लव यादव, विकासकुमार शर्मा, सुवास यादव, सरद यादव, विकास यादव र श्रवणकुमार यादव रहेका छन् ।


यसैगरी, प्रहरीले सुनसरीको हरिनगराबाट भारतबाट भन्सार छली ल्याएको ९३ हजार ९ सय ८० रुपैयाँको कपडा र सुर्ती पनि बरामद गरेको जनाएको छ । ती सामान ल्याउनेहरु प्रहरी देख्नासाथ भारततिर भागेका थिए । बरामद सबै सामान सुनसरी भन्सार कार्यालय कोसी व्यारेज पठाइएको छ ।

प्रकाशित : श्रावण १८, २०७५ १८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?