कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

घूससहित मालपोत प्रमुख पक्राउ

कान्तिपुर संवाददाता

तेह्रथुम — तेह्रथुमको आठराई गाउँपालिकाको केन्द्र संक्रान्तिबजारमा रहेको मालपोत कार्यालयका निमित्त प्रमुख शंकरप्रसाद दाहाल रु २५ हजार घूससहित पक्राउ परेका छन् ।

घूससहित मालपोत प्रमुख पक्राउ

उनलाई अख्तियारको टोलीले शुक्रबार दिउँसो सेवाग्राहीबाट घूस लिँदै गर्दा पक्राउ गरेको हो ।


अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित कार्यालयबाट आएको प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डे नेतृत्वको टोलीले दाहाललाई उनकै कार्यकक्षबाट घूस रकमसहित नियन्त्रणमा लिएको हो । अख्तियारको टोलीले दाहाललाई नियन्त्रणमा लिएर इटहरी फर्किएको इलाका प्रहरी कार्यालय सक्रान्तिबजारका प्रहरी सहायक निरीक्षक देवराज काफ्लेले बताए ।


मालपोत कार्यालयको निमित्त प्रमुखको कार्यरत दाहाल नायब सुब्बा हुन् । उनलाई जग्गा रजिष्ट्रेशनमा सेवाग्राहीबाट घूस लिँदै गर्दा रंगेहात पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

प्रकाशित : श्रावण १८, २०७५ २०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?