मादक पदार्थ सेवन गरी होहल्ला गर्ने कार्यालय प्रमुखसहित चार कर्मचारी प्रक्राउ

चन्द्र कार्की

तेह्रथुम — अत्यधिक मादक पदार्थ सेवन गरी बजारमा होहल्ला गर्दै हिँडेको आरोपमा यातायात व्यवस्था कार्यालय लाहानका निमित्त कार्यालय प्रमुख ज्ञानु दाहालसहित चार जनालाई प्रहरीले शनिबार नियन्त्रणमा लिएको छ । 

मादक पदार्थ सेवन गरी होहल्ला गर्ने कार्यालय प्रमुखसहित चार कर्मचारी प्रक्राउ

शनिबार बिदाको दिन पारी घुम्न आएका दाहालसहित कार्यालयका कर्मचारी विजय दाहाल, लेखराज कटुवाल र देवान मण्डललाई बसन्तपुर बजारको बसपार्क क्षेत्रबाट पक्राउ गरीएको प्रहरी निरीक्षक देवीप्रसाद पौडेलले जानकारी दिए । उनीहरु चारै जनाले आपसमा झगडा गरेको र सार्वजनिक स्थानमा अपशब्द बोलेको प्रहरीले जनाएको छ । ती समूहले जिल्ला ट्राफिक प्रहरी कार्यालयका दुईवटा कुर्सीसमेत भाँचिदिएका छन् । पक्राउ परेकाहरुलाई हिरासतमा राखिएको प्रहरी निरीक्षक दाहालले बताए । उनका अनुसार आवश्यक कारबाहीको प्रक्रिया चलाउने तयारी छ ।

प्रकाशित : श्रावण १९, २०७५ १७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?