३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

प्राथमिक स्वास्थ्य केन्द्रमा भिडियो एक्स-रे सेवा

चन्द्र कार्की

तेह्रथुम — प्राथमिक स्वास्थ्य केन्द्र बसन्तपुरले शनिबारबाट भिडियो एक्स-रे सेवा सुरु गरेको छ । नगर प्रमुख अर्जुन माबोहाङले शनिबार एक कार्यक्रमबीच सेवा शुभारम्भ भएको घोषणा गरे ।

प्राथमिक स्वास्थ्य केन्द्रमा भिडियो एक्स-रे सेवा

केन्द्रले लालीगुराँस नगरपालिका बसन्तपुरको १२ लाख रुपैयाँको सहयोगमा उपकरण खरिद गरी शनिबारबाट सेवा सुरु गरेको हो ।


केन्द्रमा भिडियो एक्स-रे सेवा सुरु भएपछि तेह्रथुमसहित धनकुटा, संखुवासभा र ताप्लेजुङदेखिका बिरामी सेवा लिन आएको केन्द्रका डाक्टर प्रफुल्ल गुरुङले बताए । शनिबार पहिलो दिन २० जना बढी बिरामीले सेवा लिएको केन्द्रले जनाएको छ । नगरपालिकाको आर्थिक सहयोगमा ल्याव, एसी, ईसीजी, भिडियो एक्स-रे लगायतका सेवा एकै साथ सुरु गरिएको डाक्टर गुरुङले बताए ।


दुई वर्षअघि जिल्ला अस्पताल तेह्रथुमले जिल्लामै पहिलोपटक भिडियो एक्स-रे सेवा सुरु गरेको थियो ।

प्रकाशित : श्रावण १९, २०७५ १८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?