१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

सबै वडामा विद्युतीय लेखा प्रणाली

कान्तिपुर संवाददाता

सुनसरी — धरान उपमहानगरले सेवाग्राहीलाई विद्युतीय लेखा प्रणालीबाट सुविधा दिन २० वटै वडामा ‘डार्क कोर फाइबर नेटवर्क’ विस्तार गरेको छ । सबै वडामा नेटवर्क विस्तार भइसकेको प्रमुख प्रशासकीय अधिकृत सुमन घिमिरेले बताए ।

सबै वडामा विद्युतीय लेखा प्रणाली

उनका अनुसार नेटवर्क स्थापना गरिएयता ‘हेड सिस्टम’ बाटै एकसाथ सबै वडाको हरेक कामको अनुगमन गर्न सकिने भएको छ ।

‘यसै सातादेखि घरनक्सा पासलाई इलोक्ट्रोनिक बिल्डिङ परिमिट सिस्टममा लगेका छौं,’ उनले भने, ‘कुनै इन्जिनियरले बनाएको घरको नक्साको फाइल लिएर अव सेवाग्राही नगरपालिका कार्यालय धाइरहनु नपर्ने गरी यो सेवा लागु गरेका छौं ।’ उनले उपमहानगरका सबै कर्मचारी, जनप्रतिनिधि र सेवाग्राहीलाई अनलाइन, कम्प्युटर प्रविधिमैत्रीका लागि ‘इ–लिटरेट’ योजना पनि बनाएर क्रमश काम गरिरहेको बताए । व्यक्तिगत घट्ना दर्ता, दर्ता चलानीलाई अनलाइन सिस्टममा लगाइसकेकाले सेवाग्राहीले विभिन्न शीर्षकमा तिरेका विभिन्न दस्तुर, कर राजस्वहरू तत्कालै हेड सिस्टमबाटै मनिटरिङ गर्न सकिने गरी नेटवर्क विस्तार गरिएको उनले बताए ।

नेटवर्क विस्तारसँगै विद्युतीय लेखा प्रणालीबाट वील काट्न थालिएको उनले बताए । उनले भने, ‘यो प्रणालीले सेवाग्राहीको समयको बचत र पारदर्शिता कायम हुन्छ । यो प्रणालीबाट वडामा भएका आर्थिक गतिविधिहरू धरान उपमहानगरपालिकाको कार्यालयबाट हेर्न र नियमन गर्न सकिनेछ ।’

उनले धरानका प्रत्येक वडा कार्यालयका सेवाहरू विद्युतीय प्रणालीबाट उपलब्ध गराउन प्रयास रहेको बताए । उपमहानरमा चैतदेखि एलजीसीडीपी कार्यक्रम अन्तर्गत एकजना आईटी इन्जिनियर नियक्त भएका छन् । आईटी इन्जिनियर प्रदीप बस्नेतले भने, ‘धरान उपमहानगरभित्र विद्युतीय प्रणालीमार्फत पारदर्शिता र काममा तीव्रता देखिएको छ ।’

प्रकाशित : श्रावण २०, २०७५ ०९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?