तरुण दल सुनसरीका उपसभापति विक प्रहरी नियन्त्रणमा

प्रदीप मेन्याङ्बो

सुनसरी — कुटपिटको मुद्दा मिलाउन खोजेको भन्दै कांग्रेसको भातृ संगठन नेपाल तरुण दल सुनसरीका उपसभापति सन्तोष विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले विकलाई शनिबार राति धरान ११ स्थित आफ्नै घरबाट प्रक्राउ गरेको प्रहरीले जनाएको छ । 

इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी रामेश्वर पौडेलका अनुसार धरान १३ बस्ने दीपेश थपलियामाथि धरान १६ बस्ने वडासदस्य दीपक आचार्यसहित स्थानीय गोकुल राई र मनोज विष्ट मिलेर कुटपिट गरेको विषयको मुद्दा मिलाउन खोजेकाले विकलाई नियन्त्रणमा लिएको हो ।

Yamaha

जग्गा कारोबारको विषयमा साउन ९ गते आफूमाथि कुटपिट भएको भन्दै पीडित थपलियाले इलाका प्रहरी कार्यालय धरानमा साउन १० गते किटानी जाहेरी दिएका थिए । डिएसपी पौडेलले प्रक्राउ परेका विकमाथि छानबिन भइरहेको बताए ।

Esewa Pasal

प्रकाशित : श्रावण २०, २०७५ १६:०८
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

प्रतिबन्धित रक्सीसहित ७ पक्राउ 

प्रदीप मेन्याङ्बो

सुनसरी — प्रतिबन्धित रक्सी भन्सार छलेर भारतको विहार लैजाँदै गर्दा ६ भारतीय नागरिकसहित ७ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । उनीहरुको साथबाट १ लाख २९ हजार ७ सय ५० रुपैयाँको विभिन्न ब्रान्डको रक्सी बरामद गरेको प्रहरीले जनाएको छ ।

उनीहरु सुनसरीको देवानगन्ज गाउँपालिका–४ स्थित नेपाल-भारत सिमानाबाट पक्राउ परेका हुन्।

भारततर्फ लैजानका लागि नेपालतर्फको भूभागमा बोराले छोपेर राखेको अवस्थामा रक्सीका कार्टुन बरामद गरिएको प्रहरीले जनाएको छ। उनीहरुको साथबाट प्रहरीले नम्बर नखुलेको दुइथान मोटरसाइकल पनि बरामद गरेको छ।
पक्राउ पर्नेहरुमा सुनसरीको देवानगन्ज-२ बस्ने अमरकान्त यादव, भारतको अररियाको नवावगन्ज बस्ने विप्लव यादव, विकासकुमार शर्मा, सुवास यादव, सरद यादव, विकास यादव र श्रवणकुमार यादव रहेका छन्।

यसैगरी, प्रहरीले सुनसरीको हरिनगराबाट भारतबाट भन्सार छली ल्याएको ९३ हजार ९ सय ८० रुपैयाँको कपडा र सुर्ती पनि बरामद गरेको जनाएको छ। ती सामान ल्याउनेहरु प्रहरी देख्नासाथ भारततिर भागेका थिए। बरामद सबै सामान सुनसरी भन्सार कार्यालय कोसी व्यारेज पठाइएको छ।

प्रकाशित : श्रावण १८, २०७५ १८:२३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT