कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डुबेर ४ को मृत्यु

कान्तिपुर संवाददाता

विराटनगर — प्रदेश १ का विभिन्न जिल्लामा खोलामा डुबेर र बगेर ४ जनाको मृत्यु भएको छ । शनिबार र शुक्रबार भएका घटनामा मृत्यु हुने एक महिलासहित चारजना छन् ।

डुबेर ४ को मृत्यु

धनकुटाको चौबिसे गाउँपालिका २ मा शनिबार साँझ पोखरीमा डुबेर ३४ वर्षीय धर्मेन्द्र क्याप्छाकी मगरको मृत्यु भएको हो । सिठुमस्थित सामुदायिक वनले निर्माण गर्दै आएको सिठुम पोखरीमा डुबेर उनको मृत्यु भएको प्रहरीले जनायो ।


यसैगरी संखुवासभाको सभापोखरी र चैनपुरमा खोला तर्ने क्रममा बगेर शुक्रबार दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार सभापोखरी गाउँपालिका ६ की टंकीमाया तामाङको हाङदुवा खोला तर्ने क्रममा डुबेर मृत्यु भएको हो । यस्तै खोला तर्ने क्रममा ढुंगामा चिप्लिएर बग्दा चैनपुर नगरपालिका ४ का मैदानेका खड्गबहादुर लिम्बुको मृत्यु भएको छ ।


उता, इलामको माइ नगरपालिकामा खोला तर्ने क्रममा शनिबार माइनगरपालिका ९ बागेचौरका ४८ वर्षीय तिलकबहादुर राईको मृत्यु भएको छ । दानाबारीबाट घर फर्कने क्रममा माइखोलाले बगाएर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । यो स्थानमा पक्की पुल निर्माण पूरा नभएको र झोलुङ्गे पुलसमेत नहुँदा स्थानीयले क्षति व्यहार्ने गरेका छन् । डुंगाको सहारामा चण्डालघाटमा खोला वारपार गर्ने व्यवस्था भए पनि सुरक्षित छैन । २०७३ सालको दसैंमा डुंगाबाट खोला तर्ने क्रममा ८ जनाको मृत्यु भएको थियो ।

प्रकाशित : श्रावण २०, २०७५ १६:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?