कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डेढ वर्षमा बन्ने भनेको भवन १० वर्षमा बन्यो

विनोद भण्डारी

विराटनगर — डेढ वर्षमा निर्माण पुरा गर्ने सर्तमा दशकअघि निर्माण सुरु भएको पथरी प्राथामिक अस्पतालको भवन बल्ल निर्माण पुरा भएको छ ।

डेढ वर्षमा बन्ने भनेको भवन १० वर्षमा बन्यो

स्थानीय दर्जन समाजसेवीले साढे १२ कठ्ठा जमिन अस्पताललाई निशूल्क उपलब्ध गराएपछि सरकारले त्यहाँ २०६७ सालमा दुईतले भवन निर्माण सुरु गरेको थियो ।


भवन निर्माणका लागि एमके कन्स्ट्रक्सनलाई १ करोड १४ लाखमा ठेक्का दिएको थियो । तर ठेकेदारले काम सुरु गरेर बीचमा काम बन्द गर्दा निर्माण पुरा हुन लामो समय लागेको हो ।


ठेक्का लिएको काम समयमा पुरा नगर्ने र काम नगर्ने ठेक्दारलाई सरकारले कारबाहीको निशानामा राखेपछि पछिल्लो समय ठेक्दारले झटपट काम पुरा गरेर एकसाताअघि भवन हस्तान्तरण गरेको पथरी नगरपालिकाका स्वास्थ्य संयोजक मुरारी आचार्यले बताए ।


यो सँगै निर्माण सुरु गरिएको डाँगीहाट र कटहरीको स्वास्थ्य चौकीको भवन क्रमश ६ महिना र एकवर्ष पहिला निर्माण भइसकेको छ ।


पथरी प्राथामिक अस्पतालको १६ कोठा भएको दुई तले नयाँ भवनमा अस्पतालसहित बर्थिङ सेन्टरपनि सञ्चालन गर्ने नगरपालिकाको योजना छ ।


स्वास्थ्य संयोजक आचार्यका अनुसार पथरीको जनसंख्याका आधारमा यस अस्पतालमा तत्काल १५ बेडको व्यवस्था गर्ने तयारी छ ।

पथरीको जनसंख्या बढेसँगै अस्पताललाई ५० शैयाको बनाउने तयारी भइरहेको छ ।

प्रकाशित : श्रावण २२, २०७५ १४:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?