करेन्ट लागेर मृत्यु, डुबेर ज्यान गयो

कान्तिपुर संवाददाता

विराटनगर — सुनसरीको दुहबी नगरपालिका ३ मा करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ । स्थानीय रमेश कलवारकी ९ वर्षीया छोरी साक्षीलाई आफ्नै घरमा बिजुली सर्ट भएर करेन्ट लाग्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

करेन्ट लागेर मृत्यु, डुबेर ज्यान गयो

उता, झापाको शिवसताक्षी नगरपालिका ८ मा पानी जमेको खाल्डोमा डुबेर एक बालकको मृत्यु भएको छ । घरनजिकै रहेको खाल्डोमा डुबेर स्थानीय लक्ष्मण तामाङका १३ वर्षीय छोरा आशीषको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित : श्रावण २३, २०७५ १५:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?